धरान । कोरोना संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएका बिरामीलाई राख्न धरान उपमहानगरपालिका धरान १९ स्थित हरियाली सामुदायिक भवनको आवास गृहलाइ आइसोलेसन कक्ष को प्रयोग गर्ने भएको छ । बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा आइसोलेसन कक्षको अभाब हुन थालेपछी स्थानिय सरकार आफै बिकल्पको खोजिमा रहेको थियो । सोमबार भएको नगरपालिकाको छलफलले हरियाली सामुदायिक बनको आवास गृहलाई आइसोलेसन कक्षको रुपमा प्रयोग गर्ने निर्णय भएको वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले बताए । उनका अनुसार करिब २५ बेडको आइसोलेसन रहने छ ।
उनले भने,`हरियाली सामुदायिक वनमा स्वास्थ्य, सुरक्षाको ‘प्रोटोगल’ पुरा गर्दै स्टेप १ का संक्रमितलाई त्यहाँ राख्ने निर्णय भएको छ, दोस्रो स्टेपमा पुगेका बिरामीलाई बिपि पठाउछौ ।´ सरकारको प्रोटोकल अनुसारको पहिलो स्टेजका बिरामी राख्ने गरिको कक्ष आज (मंगलबार) बिहानै देखि काम सुरु भएको उनले बताए । पछिल्लो समय धरानमा कोरोना संक्रमण बढ्दै गए पछि संक्रमितहरुलाइ घरमै राख्नु पर्ने बध्यता थियो । बिपि प्रतिष्ठानले पनि स्थानिय सरकार सङ समन्ब्य नगर्दा धरानका कोरोना संक्रमितलाइ आइसोलेसनमा भर्ना गर्न सकिरहेको थिएन । संक्रमीत हरुलाइ घरमै राख्नु पर्ने अवस्थामा संक्रमण फैलिने डरले स्थानीय त्रसित भएका थिय । अब धरान सरकारले संक्रमण देखिएका तर लक्षण नदेखिएका बिरामिलाइ आइसोलेसनमा राख्ने छ ।