मलामी गएका एक युवा आज दिउँसो तमोर नदीले बगाएर बेपत्ता

  • साउन २६, २०७७
  • "सन्तोष रुचाल"
alt प्रतिनिधि तश्वीर

धनकुटा, २६ साउन ÷धनकुटाको चौबिसे गाउँपालिका–५ हंसमोरङमा मलामी गएका एक युवा आज दिउँसो तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।

स्थानीय उत्तर बहादुर याखाको ३३ वर्षीय छोरा महेन्द्र याखा छिमेकीको मृत्यू भएपछि मलामी गएको समयमा नुहाउने क्रममा अचानक नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । चौबिसे गाउँपालिका–५ का वडाध्यक्ष पदमकुमार देवानको ८२ वर्षीय आमाको गएराति निधन भएपछि उनको आज दिउँसो त्रिवेणीघाटमा अत्येष्टि गरिएको थियो । उनको मलामी गएका ती युवा गर्मी भएपछि नुहाउने क्रममा उनलाई नदीले बगाएको थियो ।

तमोर नदीले याखालाई बगाएपछि अस्थायी प्रहरी पोष्ट मौनाबुधुक, मुलघाट प्रहरी चौकी, शसस्त्र प्रहरी बल बेस क्याम्प मुलघाट र स्थानीयवासीहरुले उनको खोजी कार्य जारी राखेका छन् । तथापी अहिले साँझ सम्म पनि उनको लास फेला पार्न नसकिएको एसपी अधिकारीले बताए । उनलाई चौबिसे–५ त्रिवेणीघाटबाट बगाएपछि साँगुरीगढीको याक्चनाघाट, मुलघाट लगायतका स्थानमा पनि खोजीको लागि प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved