मुसहर समुदायलाइ समुहगत आक्रमण गर्ने समुहलाइ कार्बाही गर्न दलित नेटवर्कको माग

  • साउन २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । समुहगत रुपमा मुसहर बस्तीमा भएको आक्रमणका दोषीहरु लाई कारबाही गर्न राष्ट्रिय दलित नेटवर्कले माग गरेको छ । मोरङको बुढिगङगा गाउपालिकाको वडा नम्बर २ का मुसहर बस्तीमा भएको सामुहिक आक्रमणबाट ५ जना घाइते भएका छन भने फेरि आक्रमण हुने डरले एक जना महिलाले आत्महत्या गरेकी छिन् । पिडकले प्रहरी को मा उजुरी दिए पनि जिल्ला प्रहरी कार्यलय मोरङ्ले कुनै कार्बाही बिना छाडिएको छ ।

योजनाबद्ध रुपमा गरिएको आक्रमण को भत्सर्ना गर्दै नेटवर्क्ले दोषीलाइ तत्काल पक्राउ गरि कार्बाही गर्न, पिडकलाइ न्याय दिलाएर, क्षतिपूर्ति दिन समेत माग गरेको छ । आक्रमणमा घाइते भएका पिडितहरु लाई निशुल्क उपचारको गराउन समेत माग गरेको छ । स्थानीय इलाका प्रहरी कार्यलय निमुवाले दोषीलाई जोगाउन खोजेको नेटवर्कले आरोप लगाएको छ । छिमेकी बैजनाथ यादबको परिवार सङ भएको सामान्य बिबादमा यादबले बिराटनगर १४ स्थित जतुवाका मानिस बोलाएर आक्रमण गर्न लगाएका थिए ।

घटनालाइ कमजोर बनाउने र कानुनी प्रक्रियामा ढिलाइ गर्ने प्रहरीलाई पनि कार्बाही गर्न नेटवर्कले माग गरेको छ । आक्रमणमा परेर सरस्वती ऋषिदेव ५० र उनका भाइहरु क्रमश ४० बर्षिय पन्नाालाल ३८ बर्षिय चुन्नीलाल ३५ बर्षिय रामजी र ३३ बर्षिय श्यामऋषिदेव गम्भिर घाइते भएका छन । घाइते सरस्वती ऋषिदेबकि छोरी उर्मिला ऋषिदेबले आक्रमणबाट त्रसित बनेर आत्महत्या गरेकी छिन् । उनले फेरि पनि आक्रमण गर्न आउँछन र हामी सबैलाई मार्छन भन्दै त्रसित बनेकी स्थानियले बताएका छन ।

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved