काठमाडौ / आज थप ४ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगै नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ ।
नेपालमा हालसम्म ७० जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा थप ४ सय २५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १५ हजार ८ सय १४ जना जना रहेका छन् ।