विराटनगरमा १ जना पत्रकारलाई कोरोना संक्रमण

  • साउन २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरका १ जना पत्रकारमा कोभिड १९ पोजेटिभ रिर्पोट आएको छ ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले दिएको जानकारी अनुसार संक्रमित पत्रकारले महासंघद्वारा गराइएको कोरोना बीमाको रकम भुक्तानीको लागि निवेदनसमेत दिएका छन् ।

अध्यक्ष पोखरेलले महासंघले अजोड इन्स्योरेन्ससंग सम्झौता गरी कोरोना बीमा गराएको जानकारी दिंदै भने,“महासंघले पहल लिएर मोरङ जिल्लाभरका दुई सयभन्दा धेरै पत्रकार र परिवारको कोरोना बीमा गराएका छौं । विराटनगरकै एकजना साथीले बीमा भुक्तानी दाबी गर्दै निवेदन दिनु भएको छ ।”

संक्रण पुष्टि भएका पत्रकारले साउन १९ गते स्वाब दिएका थिए । महासंघका सदस्य उनी विराटनगरमा साप्ताहिक पत्रिका प्रकासन गर्छन । कोरोना बापत बीमाको भुक्तानी दाबी पीसीआर पोजेटिभ रिर्पोट, निवेदन, नागरिकताको फोटोकपी र महासंघको सिफारिस पत्र चाहिने बताए । यो बीमा रु. १ लाखको हो ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved