अपाङ्गहरुलाई ब्यावसायिक बनाउदै बेलबारी नगरपालिका

  • साउन २१, २०७७
  • "उत्तम पोख्रेल "
alt

बेलबारी / बेलबारी–१ का ५४ वर्षीय पदम श्रेष्ठ १४ बर्ष देखी ह्विलचेयरको सहारामा घरमै बसेर रोटीमेकर, विभिन्न साइजका ऐनाहरू, हातेपंखा,मदानि तराजु, मोवाइल स्टेन, लागतका घरायसि सामाग्रिहरु बनाउदै आउनु भएको छ । तर ति सामाग्रि बनाउनका लागि उनलाई निकै समस्या झेल्नु पर्यो । कारण एउटै थियो उपकरणहरुको अभाव । उपकरण नहुदाँ उहाँले भन्नु भयो भने जस्ता सामाग्रि समेत बनाउन समस्या हुन्थ्यो ।

एक दिन म घरमै आफनै काममा लागि रहेको थिए नगर प्रमुखले मलाईनै खोज्दै आउनु भएको रहेछ श्रेष्ठले भन्नु भयो उहाँले आएर मलाई सन्चो बिसन्चो सोध्दै तपाइले बनाउदै गर्नु भएका सामाग्रिलाई अझै राम्रो बनाउन केहि उपकरणहरुको आवश्यक छ कि छैन । उहाँले थप्नु भयो मोटर ड्रिल मेसिन, भ्याक्सो मेसिन, प्लेञ्जो मेसिन लागतका उपकरणहरु अभव छन भने नभन्दै उहाँलेनै आफै सामाग्रि लिएर आउनु भएको रहेछ । नगर प्रमुखले आफै चासो दिएर सामाग्रि दिनु भयो यसले मेरो ब्याबसायलाई सजिलो भएको छ । अपांगता भएका मानिसलाई समाजले अपांग भनेर हेला गर्ने गर्छ ।

कति ठाउँमा त उनीहरूलाई परिवारको बोझको रूपमा पनि हेरिन्छ । तर मोरङको बेलबारी नगरपालिकाले भने अपाङ्गता भएका ब्यात्तिहरुलाई ब्याबसायिक बनाउन तालिम, उपकरण, तथा प्रोत्सान गर्ने गरेको नगर प्रमुख सवेदीले बताउनु भयो । उहाँले ब्याबसायिक नगरका रुपमा चिनाउने योजना रहेको समेत बताउनु भयो ।

बेलबारीमा अपागहरु पनि ब्यासाय बाट राम्रो आमदानि गरीरहेका छन भनेर चिनाउने योजना रहेको समेत बताउनु भयो । उहाँले नगरवासिहरुलाई उद्यमी तथा ब्याबसायिक बनाउनका लागि गविरसँग नगरपालिका नाम दिएर छुटै कार्यक्रम संचालन गरीरहेको समेत बताउनु भयो । हामी आफनै नगरमा केहि गर्छौ भन्नेहरुलाई प्राथमिक्तामा राखेको समेत नगर प्रमुख सुवेदीको भनाइ रहेको छ ।

 

 

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved