जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी जवानलाई पनि कोरोना संक्रमण

  • साउन १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न समाजमा खटिएका सुरक्षाकर्मीहरुलाई नै कोरोनाको संक्रमण देखिन थालेको छ ।

सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरीहरुमा पनि कोरोनाको संक्रमणमा पर्न थालेका छन् । यसै बिच जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापाका अनुसार क्यान्टिन संचालन गर्दै आएका प्रहरी जवानमा कोरोना संक्रमित भेटिएको छ । संक्रमित प्रहरी जवान परिवार सहित बस्दै आएका व्यक्ति हुन् । महिला सेलसँगै जोडिएको क्यान्टिनमा अधिकांशजसो प्रहरीहरु चिया नास्ता खाने गर्छन् । उनका कोरोना संक्रमण देखिए पछि उनको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

कार्यालय भित्र कोरोना देखिएपछि थप सावधानी अपनाइएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रमुख थापाका अनुसार संक्रमित सँगको पत्यक्ष सम्पर्कको आधारमा कम्तिमा ४० जनाको तत्काल स्वाब संकलन गरी परीक्षण गरिने छ । कार्यालयमा रहेको जनशक्ति मध्ये संक्रमितसँग सम्पर्कमा नआएकाहरुलाई आलोपालो ड्युटीमा खटाइने गरी तयारी थालिएको थापाले बताए ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार दुई दिन अघि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सहित ३० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एकजना कोरोना पोजेटिभ पाइएका हुन् ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved