प्रहरी चौकीको उद्घाटन

  • साउन १९, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / धनकुटाको छथर जोरपाटी गाउँपालिकामा प्रहरी चौकीको उद्घाटन गरिएको छ ।
जोरपाटी बजारमा स्थापना गरिएको प्रहरी चौकीको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय ०७६ असोज १७ गतेको परिपत्र, गृह मन्त्रालय र मन्त्रिपरिषद्ले धनकुटाको छथर जोरपाटीमा प्रहरी चौकीको नयाँ दरबन्दी स्वीकृत गरेको थियो ।

सोही निर्णय बमोजिम छथर जोरपाटी गाउँपालिका–२ स्थित जोरपाटी बजारमा प्रहरी चौकीको स्थापना गरिएको हो । छथर जोरपाटी बजारबासीले लामो समयदेखि प्रहरी चौकी स्थापनाको माग गर्दै आएका थिए । सो स्थानमा प्रहरी चौकी स्थापना भएसँगै स्थानीयवासीको माग पुरा हुनुको साथै त्यस क्षेत्रको शान्ति सुरक्षा पनि मजबुद बन्दै गएको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए ।IMG_9681

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved