इटहरी कोरोना अपडेट:१२ सयको परिक्षण, १९ जनामा संक्रमण , १४ जना निको भएर घर फर्किए

  • साउन १९, २०७७
  • " तेजबहादुर बन"
alt

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालीकामा अहिले सम्म कुल १२ सय जनाको पिसिआर चेक गरिएकोमा १९ जनामा संक्रमण भेटिएको जनाइएको छ । बिभिन्न समयमा गरिएको पिसिआर चेकिङमा अहिले सम्म १९ जनामा संक्रमण देखिएको इटहरी उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताउनुभयो । त्यस्तै कोरोनाबाट निको भएर १४ जना घर फर्किसकेको पनि उहाले जानकारी दिनुभयो ।

भारतको बिहार हुदै घर फर्किएका , बैदेशिक रोजगारबाट घर फर्किएका र समुदाय स्तरमा फैलिएको कोरोना संक्रमित सहित इटहरीमा कुल १९ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख चौधरीको भनाइ छ ।

बैदेशिक रोजगारबाट फर्किएका र भारतबाट फर्किएकाहरु लाइ इटहरी स्थित जनता कलेजको क्वारेन्टिनमा राखिएको र कोरोना पुस्टी भएसंगै बिपि प्रतिष्ठानको आइसोलेसन र कोशी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा राखि उपचार गराइएको थियो ।

उपचारमध्ये १४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन एक जनाको अझै उपचार जारी रहेको बताइएको छ । त्यस्तै इटहरी उपमहानगरको इञ्जिनियर सहित ४ जनालाइ होम आइसोलेसनमा राखेर उपचार सुरू गरिएको जानकारी प्राप्त भएको छ ।

उपमहानगरको इञ्जिनियरलाइ गत साउन १५ गते कोरोना पुष्टी भएसंगै उपमहानगर भित्रका कर्मचारी र उनको परिवार सहित बिभिन्न चरणमा २ सय ७२ जनाको पिसिआर द्धारा स्वाव संकलन गरिएकोमा बिपि प्रतिष्ठानबाट प्राप्त रिपोर्ट अनुसार थप तिन जनामा कोरोना पुष्टी भएको थियो । यो संगै अब इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या १९ पुगेको छ भने आइसोलेसनवार्डमा उपचार गराउनेको संख्या ५ पुगेको छ ।

२ सय ७२ जना मध्ये हाल सम्म ६६ जनाको मात्र रिपोर्ट सार्वजनिक भएको छ भने बाकिको आज साझ सम्ममा आइसक्ने र तत्काल इटहरीलाइ लकडाउन गर्ने बिषयमा आपतकालिन बैठक बस्ने तयारी थालिएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताउनुभयो ।

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved