प्रदेश १ का न्यायाधिवक्ता आचार्यसहित परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि

  • साउन १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ का एक न्यायाधिवक्ता चुणामणि आचार्य र उनका परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सरकारको हाइप्रोफाइल व्यक्तिलाई कोरोना संक्रमण भएको यो पहिलो पटक हो । विराटनगर ५ निवासी आचार्यका छोरा र श्रीमतीमा समेत कोरोना देखिएको छ । तर, संक्रमणको स्रोत के हो भन्ने खुल्न सकेको छैन । आचार्यले आफूमा ज्वरो आउन थालेपछि स्वाब परीक्षण गराएको र रिर्पोट पोजेटिभ आएको बताएका छन् ।
ज्वरो आउने समस्या भएपछि आफू कार्यालय तथा अन्य सार्वजनिक कार्यक्रममा सहभागी नभई घरमै सेल्फ क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् ।

यसअघि विराट मेडिकल कलेजका प्रमुख वरिष्ठ चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीमा कोरोना संक्रमण देखिएको थियो । उनलाई धरानबाट थप उपचारको लागि टिचिङ अस्पताल काठमाडौ पठाइएको थियो । प्लाज्मा थेरापी माध्यमबाट निक्कै गम्भीर अवस्थामा उपचार भएपछि उनको स्वास्थ्य सुधारोन्मुक भएको बताइएको छ ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार प्रदेश १ राजधानी विराटनगरमा ७ प्रहरीसहित १५ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशभर १८ जना संक्रमित थपिएका छन् ।

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved