धरान । समुदाय स्तरमै कोरोना संक्रमण देखिन थाले पछि धरान उपमहानगरपालिकाले ५ सय जनाको पिसिआर टेस्ट गर्ने भएको छ । आइतबार धरान उपमहानगरपालिका मा भएको छलफलमा मंगलबार देखि संक्रमण को जोखिम मा रहेका क्षेत्रहरुमा पिसिआर टेस्ट गर्न शुरु गरिने निर्णय भएको हो ।
नगर प्रमुख श्री तिलक राइको अध्यक्षतामा भएको छलफलमा पिसिआर टेस्टको रिपोर्ट आए पछि लकडाउनको बिषयमा निर्णय लिइने नगरपालिकाले जनाएको छ । त्यसै गरि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ओपिडी सेवालाइ पनि ब्यबस्थित गर्न पनि आग्रह गर्ने निर्णय भएको छ ।
छलफलमा कार्यपालिका सदस्यहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौला, इलाका प्रहरी कार्यलय धरानका डि एस पी ज्ञानेन्द्र बस्नेत, प्रतिष्ठानका डा. प्रज्वल प्याकुरेलको उपस्थिति रहेको थियो ।