काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका (बग्गीखाना) का दुई जनामा कोरोना संक्रमण पुष्टि भए पछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । महाशाखा प्रमुख भीमप्रसाद ढकाल सहित अहिले ३ सय ७५ जना नै क्वारेन्टिनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ । उपत्यका भित्र एक हजार पाँच सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् ।
करिब ४ सय प्रहरी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा पनि कोरोना पुष्टि भइसकेको छ । त्यस्तै प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको छ ।