इटहरी । इटहरी उपमहानगरका योजना शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुस्टी भएसंगै अहिले सुनसरीका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा ,सुरक्षा निकाय प्रमुख , उपमहानगरका मेयर , उपमेयर , वडाध्यक्ष र जनप्रतिनिधिहरूको आपतकालीन बैठक जारी रहेको छ ।
इटहरी अस्पतालको प्राङगणमा जारी बैठकले उपमहानगरमा कार्यरत कर्मचारीहरूको तत्काल कन्ट्रयाक्ट ट्रेसिङ गरिने , थप सुरक्षा सतर्कता अपनाइने भएको छ ।
साथै सम्पुर्ण वडा कार्यालयहरूको काम बन्द गर्ने या नगर्ने भन्ने बिषयमा छलफल भइरहेको जनाइएको छ ।
बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र मणी पोख्रेलको उपस्थितिमा इटहरी उपमहानगर कार्यालयको अति आवस्यकिय बाहेक सबै सेवा बन्द गरिने निर्णय भएको छ ।
साथै इटहरी उपमहानगरलाइ तत्काल लकडाउन गर्ने या नगर्ने भन्ने बिषयमा पनि छलफल चलिरहेको बताइएको छ ।