धरान । गत साउन ६ गते देखि सरकारले लकडाउन खुल्ला गरे संगै समुदायमा कोरोना संक्रमण बढदै गएको छ । स्वास्थ्य सुरक्षा नपनाउदा सुरक्षा कार्यन्वयन निकायहरु मै कोरोना को संक्रमण देखिन थालेको छ ।
लकडाउन खुल्ला भएपछी प्रदेश १ का अस्पतालका कर्मचारी, चिकित्सक, नगरपालिकाका कर्मचारी हरुमा कोरोना संक्रमण देखिन थालेका छन ।
यसै बिच इटहरी उपमहानगरपालिकाका एक इन्जिनयिरमा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ ।
पछिल्लो १० कर्मचारीको स्वाव सँकलन गरिएकोमा १ जनामा कोरोना देखिएको उपमेयर लक्ष्मी गौतमले बताइन ।
घरनक्सा तथा योजना शाखामा सक्रिय रहने उनी हिजो मात्र मेयरको कार्यकक्षमा बैठकमा सहभागी भएका थिए । नगरपालिकाकाले कन्ट्याक हिस्ट्रि लिने काम गरिरहेको जानकारी दिएको छ ।
उप मेयर गौतमकाअनुसार इटहरी नगर क्षेत्रमा उत्पन्न पछिल्लो समस्यालाइ कसरी निराकरण गर्ने भन्ने बारे जिल्लाका प्रतिनिधि राखेर बैठक बस्ने तयारी भइरहेको छ ।
अब हामी कुन मोडेलमा जाने भन्ने बारे टुँगोमा पुग्न बैठक बस्नुपर्ने देखियो । उनले भनिन् कर्मचारी नै एन्फेक्टेड देखिएपछि हामीले नगरको सेवा बन्द गरेर नगर क्षेत्रलाइ सुरक्षित राख्नुपर्ने देखिन्छ ।