इटहरी / वर्षाको मौसम सुरू भए संगै खोला तथा नदीमा आउने बाढीले तराइका जिल्लाहरू प्रभावित हुने क्रम बढ्दो छ । बाढी मानवबस्तीमा प्रवेश गरे पछि ठुलो धनजनको क्षति भइरहेको छ ।
प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका अनुसार गत असार ३ गते देखि हाल सम्म वर्षाका कारण बिभिन्न खोला तथा पैनिहरूमा आएको बाढीले प्रदेश एकमा १७ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण खोलाहरूमा बाढी आउदा एक महिनामा १७ जनाले ज्यान गुमाएका छन् भने १७ जना बेपत्ता भएका छन् ।
बाढीले सबैभन्दा बढी मानवीय क्षती प्रदेश एकको झापा जिल्लामा पुर्याएको छ । झापामा एक महिनाको अवधिमा बाढीले ७ जनाको ज्यान लिएको प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । त्यसैगरी मोरङमा ५, सुनसरी २ जना धनकुटामा १ जना, संखुवासभामा १ जना, र उदयपुरमा १ जना गरी १७ जनाले बाढीमा ज्यान गुमाएको जनाएको छ ।
त्यसैगरी बाढी तथा पहिरोमा परी प्रदेश एकको सबै भन्दा बढी संखुवासभामा ११ जना बेपत्ता बनेका छन । त्यस्तै ताप्लेजुङमा १ जना, मोरङमा १ जना, सुनसरीमा २ जना, र तेह्रथुममा २ जना गरी १७ जना बाढी एवम पहिरोमा परी बेपत्ता बनेका प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।