काठमाडौं / सुनको मुल्य वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १३ सय रुपैयाँले वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुुनको भाउ प्रतितोला १३ सयले बढेपछि तोलाको ९४ हजार रुपैयाँ कायम भएको हो ।
त्यस्तै , तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ३५ रुपैयाँ पुगेको छ ।