त्रिवि अन्तर्गतका क्याम्पसहरु संचालन

  • साउन ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । सरकारले मंगलबार मध्यराती देखि लकडाउनको अन्त्य घोषणा गरे पछि आज बुधबारबाट त्रिभुवन विश्वविद्यालय मातहतका सबैक्याम्पसहरु संचालनमा ल्याउने निर्णय गरेको छ ।

नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय त्रिभुवन विश्वविद्यालयले गरेको हो । सरकारले लकडाउन अन्त्यको घोषणा गरे पछि विश्वविद्यालयले आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय भएको त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले जानकारी दिए । स्थगित परीक्षा दशै अघि सक्ने र दशैपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ ।

नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक क्याम्पसका अन्य सबै कार्यहरु सञ्चालन हुने छन् ।

नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन् । विश्वविद्यालयको प्रशासन २०७७ असार १ गतेदेखि खुले पनि शिक्षकहरुलाई भने सार्वजनिक बिदा दिइदै आएको थियो ।

मंगलवार सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै उक्त सार्वजनिक बिदा समाप्त गरी शैक्षिक गतिविधि पुनः सञ्चालनमा आउन लागेको हो ।

आजदेखि रोजगार मेला स ...

धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उ ...

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved