झापामा खोलाले बगाएर एक जनाको मृत्यु

  • साउन ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । झापामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार भद्रपुर नगरपालिका वडा नम्बर २ को महारानीझोडाका ५० वर्षीय कुमार गजमेरको देउनिया खोलाले बगाएर मृत्यु भएको छ ।
गजमेर दिउँसो खोलाको किनारामा मृत फेला परेका हुन । घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतकको कानुनी प्रकृया पुरा गरी शव परीक्षणको लागि मेची अस्पताल भद्रपुर पठाएको छ र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

उता,झापाकै बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७ मा पहिरोमा पुरिएर मंगलवार राति १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको छ । ७७ वर्षीया तिलमाया बराईली, २१ वार्षीया कल्पना बराईली र १९ वर्षीया पृष्टिना बराईली घाईते भएका छन् र राति साढे १० बजेतिर पहिरो घरमा खसेको थियो ।

पहिरोले तेज कुमार बराईलीको घर पूर्ण रुपमा क्षति भएको तथा नजिकैका दुई घर उच्च जोखिममा रहेकोले परिवारलाई नजिकैको चर्चमा सारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

 
 

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved