मेयर खनालद्वारा कोशी नदीको अवलोकन, सतर्कता अपनाउन निर्देशन( भिडियो सहित)

  • श्रावण ६, २०७७
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले सप्तकोशी नदीको स्थलगत अनुगमन गरेका छन् । वराहक्षेत्र नगरपालिकाको ११ वटा वडा मध्ये वडा नं. ३, ४ र ५ बाहेक सबै वडा सप्तकोशी नदीको उच्च जोखिममा छन् ।

सोमबार सुनसरीका प्रहरी प्रमुख र प्रहरी अधिकृतहरुले समेत कोशी नदीको अवस्था बारे स्थलगत अवलोकन गरेका छन् । भारतीय जल संशाधन विभागका कर्मचारीहरु समेत अनुगमनका क्रममा उपस्थित रहेको नगरपालिका स्रोतले जनाएको छ ।

सोमबार बिहान ९ बजेसम्म सप्तकोशी नदीको वहाव ३ लाख ४४ हजार ९ सय ९० क्युसेक पुगेको कोशी ब्यारेजस्थित कन्ट्रोल रुमले जानकारी दिएको छ ।

वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले कोशी नदी किनारमा बसोबास गरिरहेका स्थानीय तथा खहरे खोला आसपासका बस्तीवासीहरुलाई सतर्कताका साथ रहन अनुरोध गरेका छन् । सप्तकोशी नदीमा काठ, दाउरा निकाल्नेहरुको भीड देखिएकाले दुर्घटना हुने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी प्रशासनलाई सो कार्य रोक्न निर्देशन दिएका छन् ।

सुनसरी खोलाको बिझाइं

वराहक्षेत्र ४ स्थित आन्द्रमोठमा सुनसरी खोलाले कटान गर्दा बाढी कृषकको खेतबारीमा पसेको छ । स्थानीयको धान खेतीमा बाढी पसेपछि समस्या उत्पन्न भएको वडाध्यक्ष आशाराम चौधरीले जानकारी दिए ।
नगर प्रमुख निलम खनालले सुनसरी खोलाको वितण्डाको स्थलगत अवलोकन गरेका छन् । उनले बाढीपीडित स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेका छन् । बाढी नियन्त्रणका लागि नगरले आवश्यक नीति निर्माण गरेको बताएका थिए ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved