बाढीमा फसेका २ ब्यक्तिको उद्धार

  • साउन ६, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम /  इलामको माईखोलाको बाढीमा फसेका २ जनाको जिल्ला प्रहरी कार्यलय इलामले उद्धार गरेको छ । जिल्लाको माइजोगमाई गाँउपालिका–५ नामसालिङका ६६ बर्षिय लोक बहादुर नेम्वाङ र सोही ठाउँका ३० बर्षिय जोजो लिम्बु लाई बाढीमा फसेको अवस्थामा उद्धार गरिएको हो । सोमबार साँझमा नाम्सालिङ ५ मा अवस्थित माईखोला किनारामा खेतिपाती, गाईगोठ गरी फर्किने क्रममा एक्कासी माईखोलाको पानीको वहाव बढि बाढीले जमिन कटान गर्दा दुबै तिरको बीच जमिनमा उनीहरु रोकिएका थिए । दुबै पटि बाढी बग्न थालेपछि बिचको जमिनमा रहेका उनिहरुलाई जिल्ला प्रहरी कार्यलय इलामले राति उद्धार गरेको हो ।

प्रहरी कार्यालय इलामका इन्सपेक्टर नबिन राईको नेत्रित्वमा खटिएको प्रहरी बल, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय ब्यक्तिहरुको सामुहिक प्रयासबाट फसेका उक्त २ ब्यक्तिहरुलाई राती सकुशल उद्धार गरी निजहरुलाई आफन्तको जिम्मा लगाई पठाईएको सूचना अधिकारी प्रहरी नायव उपरिक्षक लालध्वज सुबेदीले जानकारी दिए ।

 

 

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved