बाढीमा फसेका २ ब्यक्तिको उद्धार

  • साउन ६, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम /  इलामको माईखोलाको बाढीमा फसेका २ जनाको जिल्ला प्रहरी कार्यलय इलामले उद्धार गरेको छ । जिल्लाको माइजोगमाई गाँउपालिका–५ नामसालिङका ६६ बर्षिय लोक बहादुर नेम्वाङ र सोही ठाउँका ३० बर्षिय जोजो लिम्बु लाई बाढीमा फसेको अवस्थामा उद्धार गरिएको हो । सोमबार साँझमा नाम्सालिङ ५ मा अवस्थित माईखोला किनारामा खेतिपाती, गाईगोठ गरी फर्किने क्रममा एक्कासी माईखोलाको पानीको वहाव बढि बाढीले जमिन कटान गर्दा दुबै तिरको बीच जमिनमा उनीहरु रोकिएका थिए । दुबै पटि बाढी बग्न थालेपछि बिचको जमिनमा रहेका उनिहरुलाई जिल्ला प्रहरी कार्यलय इलामले राति उद्धार गरेको हो ।

प्रहरी कार्यालय इलामका इन्सपेक्टर नबिन राईको नेत्रित्वमा खटिएको प्रहरी बल, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय ब्यक्तिहरुको सामुहिक प्रयासबाट फसेका उक्त २ ब्यक्तिहरुलाई राती सकुशल उद्धार गरी निजहरुलाई आफन्तको जिम्मा लगाई पठाईएको सूचना अधिकारी प्रहरी नायव उपरिक्षक लालध्वज सुबेदीले जानकारी दिए ।

 

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved