सप्तकोशीको बहाव उच्च, ५० ढोका खुल्ला

  • साउन ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  पहाडी क्षेत्रमा निरन्तर वर्षा भए सँगै सप्तकोशी नदीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । बहाव बढे सँगै खतराको संकेत पनि पार गरेको छ ।

सप्तकोशीको बहाव बिहान ८ बजेको मापन अनुसार ३ लाख ४२ हजार ९ सय ७० मापन गरिएको छ । सप्तकोशीको बहाव क्षमता भन्दा दोब्बरले वृद्धि भए पनि अहिले ५० वटा ढोका खुल्ला गरिएको छ । कोशीमा डेढ लाख क्युसेक पानीको बहाव पुग्दा खतराको सुचक स्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।

त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलका अनुसार हरेक दिन विपतको बैठक बसेर सप्तकोशीले पुर्याउन सक्ने क्षतीको बारेमा पूर्वतयारी गरिन्छ भने सुरक्षा निकायमा सेना, शसस्त्र र प्रहरीलाइ तैनाथी अवस्थामा रहन भनिन्छ । आवश्यक सुरक्षा सामाग्रीको बारेमा सँघ र प्रदेश सरकारसँग समन्वय गरिएको छ ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved