सप्तकोशीको बहाव उच्च, ५० ढोका खुल्ला

  • साउन ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  पहाडी क्षेत्रमा निरन्तर वर्षा भए सँगै सप्तकोशी नदीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । बहाव बढे सँगै खतराको संकेत पनि पार गरेको छ ।

सप्तकोशीको बहाव बिहान ८ बजेको मापन अनुसार ३ लाख ४२ हजार ९ सय ७० मापन गरिएको छ । सप्तकोशीको बहाव क्षमता भन्दा दोब्बरले वृद्धि भए पनि अहिले ५० वटा ढोका खुल्ला गरिएको छ । कोशीमा डेढ लाख क्युसेक पानीको बहाव पुग्दा खतराको सुचक स्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।

त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलका अनुसार हरेक दिन विपतको बैठक बसेर सप्तकोशीले पुर्याउन सक्ने क्षतीको बारेमा पूर्वतयारी गरिन्छ भने सुरक्षा निकायमा सेना, शसस्त्र र प्रहरीलाइ तैनाथी अवस्थामा रहन भनिन्छ । आवश्यक सुरक्षा सामाग्रीको बारेमा सँघ र प्रदेश सरकारसँग समन्वय गरिएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved