भुपु गोर्खा सैनिकको भत्ता कटाउने निर्णय प्रती जनमुक्ती निकट पुर्ब सैनिक संगठनको आपत्ती, सच्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र (विज्ञप्ती सहित)

  • साउन ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भुपु गोर्खा सैनिकको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने सरकारको निर्णय सच्याउन राष्ट्रिय जनमुक्ती पार्टी निकट राष्ट्रिय पुर्ब सैनिक संगठन ले प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएका छन । संगठन ले सोमबार धरान स्थित ईलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएका हुन् । सरकारको मन्त्री परिषद बैठकले गत असार १७ गते भूतपूर्व सैनिकहरु लाई विदेशी सरकार बाट पेन्सन पाउने भएकाले ने नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा बाट बञ्चित गर्ने निर्णय गरेको थियो । संगठनका जिल्ला इञ्चार्ज राम मगरको नेतृत्वमा पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङवा सहितको टोलीले तिन सुत्रिय माग सहितको ज्ञापनपत्र बुझाएका छन् ।bigya[pti

सरकारको निर्णयमा संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै निर्णयले पूर्व गोर्खा सैनिकहरुलाई प्रत्यक्ष असर परेकोले तत्काल सच्याउन सरकार संग माग गरिएको छ । सरकारको निर्णयले खासगरी गोर्खा भूपूसैनिकहरुलाई राज्यले अनागरिक सरहको व्यवयहार गर्न खोजेको ठहर गर्दै भूतपूर्व गोर्खा सैनिकहरुलाई अनागरिक सरह गरिएको व्यवहार तत्काल बन्द गरिनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । गोर्खा भूपूसैनिकले विदेशमा गरेको सेवा र कर्मबापत आएको रेमिट्यान्स बाट फाइदा लिइरहे पनि अहिले बेवास्ता गर्दै गोर्खा सैनिकको अधिकार खोस्न खोजेको आरोप लगाएको छ ।

नेपालको उन्नति र विकासमा महत्वपूर्ण भुमिका खेलेका गोर्खा सैनिकलाइ सामाजिक सुरक्षा भत्ताबाट सरकारले वञ्चित गर्नु अन्ततः नेपाली नागरिकको हैसियतले गोर्खा भूपूसैनिकहरुले प्राप्त गर्ने हक र उनको आत्मस्वाभिमान माथि गम्भीर प्रहार भएको ठहर गरेको जनाएको छ ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved