भुपु गोर्खा सैनिकको भत्ता कटाउने निर्णय प्रती जनमुक्ती निकट पुर्ब सैनिक संगठनको आपत्ती, सच्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र (विज्ञप्ती सहित)

  • साउन ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भुपु गोर्खा सैनिकको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने सरकारको निर्णय सच्याउन राष्ट्रिय जनमुक्ती पार्टी निकट राष्ट्रिय पुर्ब सैनिक संगठन ले प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएका छन । संगठन ले सोमबार धरान स्थित ईलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएका हुन् । सरकारको मन्त्री परिषद बैठकले गत असार १७ गते भूतपूर्व सैनिकहरु लाई विदेशी सरकार बाट पेन्सन पाउने भएकाले ने नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा बाट बञ्चित गर्ने निर्णय गरेको थियो । संगठनका जिल्ला इञ्चार्ज राम मगरको नेतृत्वमा पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङवा सहितको टोलीले तिन सुत्रिय माग सहितको ज्ञापनपत्र बुझाएका छन् ।bigya[pti

सरकारको निर्णयमा संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै निर्णयले पूर्व गोर्खा सैनिकहरुलाई प्रत्यक्ष असर परेकोले तत्काल सच्याउन सरकार संग माग गरिएको छ । सरकारको निर्णयले खासगरी गोर्खा भूपूसैनिकहरुलाई राज्यले अनागरिक सरहको व्यवयहार गर्न खोजेको ठहर गर्दै भूतपूर्व गोर्खा सैनिकहरुलाई अनागरिक सरह गरिएको व्यवहार तत्काल बन्द गरिनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । गोर्खा भूपूसैनिकले विदेशमा गरेको सेवा र कर्मबापत आएको रेमिट्यान्स बाट फाइदा लिइरहे पनि अहिले बेवास्ता गर्दै गोर्खा सैनिकको अधिकार खोस्न खोजेको आरोप लगाएको छ ।

नेपालको उन्नति र विकासमा महत्वपूर्ण भुमिका खेलेका गोर्खा सैनिकलाइ सामाजिक सुरक्षा भत्ताबाट सरकारले वञ्चित गर्नु अन्ततः नेपाली नागरिकको हैसियतले गोर्खा भूपूसैनिकहरुले प्राप्त गर्ने हक र उनको आत्मस्वाभिमान माथि गम्भीर प्रहार भएको ठहर गरेको जनाएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved