विराटनगर / विपी कोइरालाको ३९ औं स्मृति दिवशको अवसरमा नेपाली कांग्रेस विराटनगर महानगर समितिले वृक्षरोपण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले विपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै भने,“मुलुक संकटमा परेको बेला विपीले गरेको योगदान निकै महत्वपूर्ण थियो ।”
त्यस अवसरमा प्रदेश नं. १ का प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीलगायत सहभागी थए ।
वृक्षरोपण विराटनगरस्थित आदर्श विद्यालयमा गरिएको थियो ।