निर्माणधिन पूलको फर्मा बगायो

  • साउन ५, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / अविरल वर्ष सँगै आएको बाढीले इलाम नगरपालिका ५ को बरबोटे र माईजोगमाई गाउँपालिका ५ को सोयाङ जोड्ने दुधाङमा निर्माणधिन पक्की पुलको फर्मा बगाएको छ । आधा निर्माण गरेर वर्षेदेखि पूल अलपत्र परेको पूल सोमबार अविरल वर्षसँगै खोलामा आएको बाढीले पुलको एकातर्फको स्ल्याब लगाउन बनाइएको फर्मा र छड बगाएको हो । दुई स्ल्याबको सो पुलको अहिलेसम्म एउटा स्ल्यब मात्रै लगाइएको छ । लामो समयदेखि निमार्ण नभएको पूल पटक पटकको तागेता पछि गत आर्थिक वर्षमा बाँकि रहेको पूल निर्माणका लागी फर्मा बाँध्ने काम शुरु भएको थियो ।

ठेक्का लागेको सात वर्ष वितिसक्दा समेत पुल निर्माण पुरा भएको थिएको छैन । पुलभन्दा पछि निर्माण शुरु भएको सुपरमाई जलविद्युत आयोजना भने निर्धारित समयभन्दा दुई वर्ष अघिनै पुरा भयो । आयोजनाले २०७५ असोज देखिनै ७.८ मेघावाट विद्युत उत्पादन गरिरहेको छ ।

आर्थिक वर्ष २०७०/ ०७१ मा नै सडक डिभिजन कार्यालयले ६ करोड १२ लाख ९२ हजारमा ठेक्का लागेको पूल बनाउन थालिएको ७ बर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको थिएन । नेशनल निलगिरी जेभी नामको निर्माण ब्यवसायी कम्पनीले ठेक्का लिएको उक्त काम सम्झौता भएको दुई वर्षभित्र सम्पन्न गर्नु पर्ने थियो ।

तर निर्माण जिम्मा लिएको ठेकेदार कम्पनी र निर्माण कार्य गराउने सडक डिभिजनले वास्तै नगरेपछि पुलको काम सम्पन्न हुन सकेको थिएन , डिभिजन सडक कार्यालयका प्रमुख अभिमन दासका अनुसार पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपछि लक डाउनका कारण निर्माण सामग्री नहुँदा काम हुन सकेको थिएन । व्यवसायीले सामान जुटाउन नसकेपछि काम पुरा हुन नसकेको हो । दासले भने काम नसकेपछि हामीले व्यवसायीलाई फर्मा र फाइप निकाल्न भनेका थियौ ।’ मध्यवर्षासम्म फर्मा ननिकाल्दा बाढीले नोक्सानी पु¥याएको हुनसक्ने मुल्मी बताउँछन् ।

यहाँ पुल नबनेका कारण बर्षायाममा गाडि कुद्दैनन् । बर्षाद्मा सन्दकपुर गाउँपालिका ५ को जमुना, माई जोगमाई ६ को प्याङ र ५ को सोयाङका बासिन्दाले यातायातको साधन प्रयोग गर्न नै पाउँदैनन् । पुन पूल निर्माणको काम थाले सँगै हर्सित बनेका इलाम बासिमा पुल निमार्ण सम्पन्न हुने सपना सपनामै सिमित बनेको छ ।

पक्की पुल नबनिदिँदा स्थानीयले बर्षौँदेखि प्रयोग गर्दै आएको झोलुङ्गेबाट वारपार गर्ने गरेका छन् । गाडि नचल्ना समय बढी खर्चर्नु पर्छ भने मानिसले नै भारी बोकेर आवतजावत गर्नुपर्दा धेरै जसो स्थानीयलाई सास्ती हुने गरेको छ ।

इलाम सदरमुकामदेखि माईजोगमाईको केन्द्र नयाँबजारसम्म पुग्ने यो मोटरबाटो कालोपत्रे नभए पनि यसअघि आरआरआर एसडीपी नामक सरकारी परियोजना र उन्नति समावेशी बृद्धि कार्यक्रममार्पmत एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएर ग्राभेल भइसकेको छ । उक्त बाटोमा पर्खाल, नाली, कल्भर्ट जस्ता संरचना पनि बनिसकेका छन् । बीचमा रहेको खोलामा पुल नहुँदा त्यस क्षेत्रका जनताले समस्या भोगीरहेका छन ।

pul

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved