देशीलाईनमा कालोपत्रे सम्पन्न, मेयर र उपमेयरद्वारा उदघाटन

  • साउन ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कालोपत्रे सडक निर्माणमा दु्रतगती लिएको शहरको रुपमा धरानलाई चिनिने गरिन्छ । यहाँ बनेका चिल्ला सडकहरु र जनता सँगको साझेदारीमा बनेका सडकहरु हेर्न र अवलोकन गर्न बाहिरी शहरहरु बाट पनि आउने गर्दछन् ।

जनप्रतिनिधीहरुले स्थानीय तह संचालन गर्न थाले पछि त झन कालोपत्रे सडक निर्माणको होडबाजीनै चलेको छ । थुप्रै सडकहरु यस वर्ष कालोपत्रे बने । यसै बिच धरानको मुख्य बजार नै रहेको धरान २ स्थित देशीलाईनमा पनि कालोपत्रे सडक सम्पन्न भएको छ ।

विगतको ४० फुट बाटो भत्काएर ५० फुटको बनेको कालोपत्रे सडक धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले आइतबार संयुक्त रुपमा उदघाटन गरेका छन् । नगरगौरबको योजनामा रहेको देशिलाईनको सडक निर्माण गर्न १ करोड ३५ लाख ४५ हजार ९९ रुपैयाको लागत रहेको छ । उपभोक्ता समितीले २०७६ साल भदौ १७ गते सम्झौता गरि करिब १० महिनामै सडक निर्माण सम्पन्न गरेका हुन् ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved