पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा धनकुटामा बृक्षरोपण गरिने

  • साउन ४, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, ४ साउन ÷नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आगामी बुधबार धनकुटाका ६० वटै वडामा बृक्षरोपण गरिने भएको छ ।

स्वर्गिय नेता श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले जिल्लाभर बृक्षरोपण गर्ने भएको हो ।

नेकपा जिल्ला कमिटी धनकुटाले स्मृति दिवसको अवसरमा जिल्लाका सात वटै पालिका र ६० वटै वडामा बृक्षरोपण गर्ने निर्णय गरेको नेकपाका जिल्ला सचिव ऋषिराम ढुंगानाले बताए । नेकपा धनकुटाले आज प्रेस बिज्ञप्ति जारी गरेर बृक्षरोपणमा सहभागि हुन नेता, कार्यकर्तालाई आग्रह पनि गरेको छ ।

नेकपा जिल्ला सचिव ढुंगानाले प्रेस बिज्ञप्ति जारी गर्दै बृक्षरोपणमा सक्रितापूर्वक सहभागी भई कार्यक्रम सफल पार्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । जिल्ला कमिटीका नेताहरु जुन–जुन स्थानमा हुनुहुन्छ ।

त्यही स्थानको बृक्षरोपणमा सहभागी हुन र पार्टी मातहतका सबै कमिटी, पार्टी सदस्य, समर्थक एवं सुभेच्छुक समेत कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अन्य औपचारिक कार्यक्रमहरु भने नगर्ने नेकपा धनकुटाले जनाएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved