धनकुटा, ४ साउन ÷नेपाल कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आगामी बुधबार धनकुटाका ६० वटै वडामा बृक्षरोपण गरिने भएको छ ।
स्वर्गिय नेता श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले जिल्लाभर बृक्षरोपण गर्ने भएको हो ।
नेकपा जिल्ला कमिटी धनकुटाले स्मृति दिवसको अवसरमा जिल्लाका सात वटै पालिका र ६० वटै वडामा बृक्षरोपण गर्ने निर्णय गरेको नेकपाका जिल्ला सचिव ऋषिराम ढुंगानाले बताए । नेकपा धनकुटाले आज प्रेस बिज्ञप्ति जारी गरेर बृक्षरोपणमा सहभागि हुन नेता, कार्यकर्तालाई आग्रह पनि गरेको छ ।
नेकपा जिल्ला सचिव ढुंगानाले प्रेस बिज्ञप्ति जारी गर्दै बृक्षरोपणमा सक्रितापूर्वक सहभागी भई कार्यक्रम सफल पार्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । जिल्ला कमिटीका नेताहरु जुन–जुन स्थानमा हुनुहुन्छ ।
त्यही स्थानको बृक्षरोपणमा सहभागी हुन र पार्टी मातहतका सबै कमिटी, पार्टी सदस्य, समर्थक एवं सुभेच्छुक समेत कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अन्य औपचारिक कार्यक्रमहरु भने नगर्ने नेकपा धनकुटाले जनाएको छ ।