साँस्कृतिक शहरको रुपमा पहिचान थपिदै धरान "बुद्धचोकमा वाबुको प्रतिमा अनावरण"

  • साउन १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान बहुजातिय बहुसाँस्कृतिक शहरको रुपमा परिचित छ । यहाँका मठमन्दिर र समुदायको बसोबासले पनि धरानलाई साँस्कृतिक शहरको रुपमा पहिचान दिलाएको छ । यसै बिच किरातीहरुको सँस्कृति झल्काउने साँस्कृतिक सामग्री वाबु (चिन्डो) को प्रतिमा अनावरणले धरानको पहिचानलाई अझ मजबुत बनाएको छ ।

धरानको वडा नम्बर १८ को बुद्धचोकमा वाबुको प्रतिमा अनावरण गर्दै कार्यक्रमका प्रमुख अतिथी भाषाविद प्रा.डा. टंक न्यौपानेले प्राचीन सँस्कृतिको संरक्षण गरिएको र बहुसाँस्कृतिकपनमा मात्र राष्ट्रियता देखिने बताए । संघीय गणतन्त्रमा नेपाल प्रवेश गरेपछि देखिएको साँस्कृतिक चेतना र साँस्कृतिक विकासको उदाहरणको रुपमा अनावरण भएको चिण्डोलाई लिन सकिने उनले बताए ।
वाबुको अनावरण किराती संस्कृतिबाट गरिएको थियो । किरातीहरुको धामीले मुन्धुम गरे पछि प्रमुख अतिथी न्यौपानेले रिबन काटेर प्रतिमाको अनावरण गरेका थिए ।

स्थानीय दाता र वडा कार्यालयको बजेटबाट प्रतिमा निर्माण गरिएको हो । पाँच फिट ४ इञ्चको बेसमाथि ९ फिट अग्लो वाबु(चिण्डो)को प्रतिमा राखिएको छ । यो चिण्डो कलाकार महेन्द्र राईले तयार गरेका हुन् । प्रतिमाको बेसमा पनि सँस्कृतिक झल्काउने आर्टहरु गरिएका छन् ।

मेयर तिलक राईले पनि साँस्कृतिक अतिक्रमणको रुपमा नलिन आग्रह गरे । उनले भने,‘बुद्धको मुर्ति हटाएर वाबु राखिएको होइन । सबैको सँस्कार, सँस्कृतिलाई उतिकै मान सम्मान गर्नुपर्छ ।’ प्रतिमा निर्माण समितिका अध्यक्ष बृष चाम्लिङ राईको नेतृत्वमा चिन्डो निर्माण सम्पन्न भएको हो ।

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

घरभित्र अवैध भरुवा ब ...

मोरङ/ मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved