प्राइम भिजनको शैक्षिक राहत

  • असार ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट तथा प्रभात माविले आगामी साउन १ गतेदेखि वाणिज्य र होटल व्यवस्थापनका कक्षाहरु अनलाइन मार्फत सुरु गर्ने भएको छ ।
सोमबार विद्यालयले वर्तमान समयमा विद्यालय सञ्चालन र व्यवस्थापनका विषयमा धरानका सञ्चारकर्मीहरुसंग अन्तक्र्रिया गर्दै आगामी शैक्षिक कार्यक्रमका बारेमा जानकारी गराएको हो । ‘विद्यालय बन्द भए तापनि विद्या बन्द हुदैन’ भन्ने नारासहित विद्यालयले शैक्षिक राहत स्वरुप अनलाइन कक्षा सञ्चालन गर्न लागेको प्रिन्सिपल सुमिर मास्केले बताए ।

विद्यालयले आगामी साउन १ गतेदेखि शनिबारबाहेक बिहान ११ बजेदेखि अनलाइन कक्षा सञ्चालन गर्नेछ । दोहोरो अन्तक्र्रियामा आधारित कक्षा कम्युटर प्रेजेन्टेसन र मल्टिमिडियाका आधारमा हुने कोर्डिनेटर अनिल श्रेष्ठले जानकारी दिए । ‘अनलाइनमार्फत् विद्यार्थीका क्वेरिजलाई पनि समावेश गराउने छौं’, कोर्डिनेटर श्रेष्ठले भने, ‘यो एकोहोरो शिक्षण प्रणालीमा आधारित हुने छैन, विद्यार्थीले पनि प्रश्न गर्न सक्ने छन् ।’

कोरोना संक्रमणको विषम परिस्थिति र मुलुक लकडाउन भएको अवस्थामा शैक्षिक कार्यक्रम गर्न समस्या भइरहेका बेला सञ्चारकर्मीबीच अन्तक्र्रिया गर्दै कलेजले ‘शैक्षिक राहत’को घोषणा गरेको अपरेशन म्यानेजर अभिषेक श्रेष्ठले जानकारी दिए ।

वर्तमान परिस्थितिमा सरकारले विद्यालयहरुले सिकाइ केन्द्रमार्फत् शिक्षण गर्न सक्ने निर्देशन जारी गरे पनि विद्यालयहरुले नै पूर्ण रुपमा कार्यान्वयन गरिरहेका छैनन् । सिकाइ केन्द्रमा भन्दा विद्यालयमा बहुसत्रमा सुरक्षित र प्रभावकारी शिक्षण गर्न सकिने सञ्चारकर्मीहरुले धारणा राखेका थिए ।

अन्तक्र्रियामा स्थानीय सरकारले सुरक्ष्ँित शिक्षण सिकाइका लागि नीति निर्माण गरी पहलकदमी लिनुपर्ने वर्तमान आवश्यक्ता रहेको सञ्चारकर्मी महेश श्रेष्ठले धारणा राखेका थिए ।

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved