धरानको अधेरी खोलामा पुल निर्माण अलपत्र

  • असार २३, २०७७
  • "दिनेश गजमेर"
alt

धरान । लकडाउनको समयमा पनि विकाश निर्माण कामले तिब्रता पाइरहँदा धरान १५ स्थित खोरिया बस्ती पुर्व सेउती खोलामा बन्दै गरेको पुल भने अलपत्र बनेको छ ।
ठेकेदार कम्पनी लकडाउनको बहाना देखाएर पुलको कामलाई बिचमै अलपत्र पारेर हराएका छन् । धरान ५ मा पर्ने अधेरी खोलामा ठेकेदार सम्पर्कविहिन हुँदा ३ बर्षअघि निर्माण शुरु भएको पुलको पिलर मात्र ठडिएका छन् । स्थानीयबासीहरु बर्षामा जोखिम मोलेर अधेरी खोला तर्न बाध्य छन् कि उनीहरु लामो बाटो तल्लो पानवारी हुदै यात्रा गर्न बाध्य छन् ।

पुल निर्माण समन्वय समितिका संयोजक पदम कार्कीका अनुसार इनरुवाका हजमुल मियाँले ठेक्का पाएर २०७४ सालदेखि निर्माण शुरु भएको हो । पहिलो सम्झौता अनुसार दुई बर्षभित्र अर्थात २०७६ असार २५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, ३ बर्ष बितिसक्दा पनि निर्माण सकिएको छैन । पछिल्लो समय २०७७ असार २५ गतेसम्मको लागि म्याद थप भएपनि कुनै काम भएको छैन ।
पुल निर्माण नहुँदा यातायातको साधन, मानिसहरु आवतजावतमा असहज भइरहेको छ । कार्कीले भने, विद्यार्थीहरु स्कुल र बजार जान दैनिक समस्या भइरहेको छ,सुनसरी मोरङ पुल आयोजना, इटहरीमा गयौं, तर सुनुवाई नै भएको छैन । काम भएको छ छैन भनेर अनुगमन गर्ने र ठेकेदारलाई कारबाही गर्नुपर्ने हो, त्यो पनि भएन ।’

पुल संघीय सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालयबाट विनियोजन भएको बजेटले निर्माण शुरु भएको हो । पुल साढे ७ करोडमा ठेक्का लागेको थियो । यसको लम्बाई १ सय २५ मिटर र चौडाई ११ मिटरको छ । ठेकेदारले पुल निर्माण गर्दा शुरुको बर्ष अधेरी खोलाबाट अवैधरुपमा उल्टै ढुंगागिट्टी निकालेर इनरुवातिर बिक्री गरेको मकुम राईले बताए । उनले भने, ‘यहाँ काम गरेजस्तो गरेर ढुंगागिटी इनरुवातिर लगेर बेच्यो । हामीले समातेर प्रहरीमा बुझायौं पनि, एक बर्षमा ८, १० वटा मोटरसाइकल बगाउछ, मान्छे पनि बगाउछ । ज्यादै दुःख भइरहेको छ ।’

ठेकेदार मियाँले भुक्तानी वापत दिएको चेक पनि बाउन्स भएको पाइएको छ । उनले ढुंगा आपूर्ति गरेवापत दिएको चेक बाउन्स भएको छ भने ज्यालादारीमा काम गर्नेहरुलाई अझै पैसा दिएका छैनन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved