कार्यालयमै बसीबसी बिद्यालयहरूको अनुगमन , शिक्षालाई २ करोड बजेट

  • असार १८, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी । सुनसरीको इटहरी क्षेत्रमा सञ्चालित सामुदायिक बिद्यालयहरूको गुणस्तर बढाउन र नियमित अनुगमनका कार्यक्रमहरू अघि बढाउन उपमहानगरले नयाँ योजना ल्याएको छ । सामुदायिक बिद्यालयहरूमा सिसी क्यामेराजडान गरी उपमहानगरको कार्यालयबाटै निगरानी गर्ने गरी योजना ल्याइएको हो ।

बिद्यालयहरूले सञ्चालन गरिदै आएका स्मार्ट कक्षालाइ थप प्रभावकारी बनाइने , आइसिटि जडान तथा बिज्ञान प्रयोगशालाको स्थापना जस्ता कार्यक्रमहरूलाइ उपमहानगरले यो वर्ष बिशेष ध्यान दिने भएको छ । विद्यार्थीहरूलाई स्थानीय भाषा, साहित्य, संस्कृति, कला, भुगोल र अन्य महत्वपूर्ण ज्ञान र सिप सिकाई असल नागरिक बनाउने उदेश्यले नगरस्तरमा नै स्थानीय पाठ्यक्रम तयार गरी पठन पाठन गर्ने कार्यलाई अगाडी बढाउन आवश्यक व्यवस्था गरिने इटहरी उपमहानगरकी उपमेयर लक्षमी गौतमले बताइन ।

गुणस्तरीय शिक्षालाइ ध्यानमा राख्दै सामुदायिक बिद्यालयहरूको प्रवर्दध तथा बिकासकालागि उपमहानगरले आगामि आर्थिक वर्ष २०७७ ।७८मा खर्च हुने गरी रू २ करोड रकम बिनियोजन गरिएको पनि उपमेयर गौतमले बताइन ।

सामुदायिक विद्यालय र संस्थागत विद्यालयको कुशलता पूर्वक व्यवस्थापन गर्दै स्तरोन्नती गर्ने शैक्षिक सुशासन कायम गर्ने जस्ता कार्यको लागी मापदण्ढ स्विकृत गरी लागु गरीने र बालविकास केन्द्रको संचालन तथा व्यवस्थापन सम्वन्धि कार्यलाई व्यवस्थित गर्दै वालवालिका मैत्री वनाउने कार्यलाई जोडदिने जनाइएको छ ।

इटहरीमा एक इन्जिनीयरीङ्ग विषयको अध्ययन अध्यापन गराइने सामुदायिक क्याम्पस स्थापना र संचालनका निमित्त उपमहानगरले योजना बनाइरहेको बताउदै उपमेयर गौतमले प्राविधिक धारको विषय उपलव्ध पठन पाठन गर्न चाहने सामुदायिक विद्यालयलाई आवश्यक सहयोग उपलव्ध गराइने बताइन । सामुदायिक तथा संस्थागत विद्यालयको बिचमा रहेको विद्यमान अन्तरलाई न्यूनिकरण गर्न शैक्षिक कृयाकलापहरूमा एकरूपता कायम गर्दै जाने नीति अवलम्बन गरिने उनको भनाइ छ ।

आजदेखि रोजगार मेला स ...

धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उ ...

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved