निजी विद्यालयले लकडाउन समयको शुल्क उठाए आन्दोलन गर्ने अखिलको चेतावनी

  • असार १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरुले विभिन्न बहानामा शुल्क लिइएको पाइए कडा आन्दोलन गर्न बाध्य हुने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियस जिल्ला कमिटी सुनसरीले चेतावनी दिएको छ ।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै अखिलले एकातर्फ कोरोनाको त्रास अर्कोतर्फ आर्थिक चाप हुने गरि विद्यार्थी अभिभावकलाई तनावग्रस्त बनाउने गरि शुल्क नउठाउन आग्रह गरेको छ । आग्रहलाई वेवास्ता गर्दै निजी विद्यालयले शुल्क लिएको पाइए कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने जनाएको छ ।

अखिल सुनसरी जिल्ला संयोजक जिबि गजल र सह संयोजक बुद्रोस लिम्बुद्वारा संयुक्त जारी विज्ञप्तीमा निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनद्वारा विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी लकडाउनको कष्टकर समयमा समेत अनिवार्य शुल्क तिर्न जारी गरेको आव्हान प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कोरोना कहरका कारण लकडाउनले गर्दा विद्यार्थी अभिभावक चौतर्फि आक्रान्त बनेको अवश्थामा हडाकट शुल्क उठाउने निर्णयको निन्दा र भत्र्सना गरेको छ ।

लकडाउन केही खुकुलो हुँदै गए पछि संक्रमणको संवेदनशिलताका कारण शिक्षा क्षेत्र सबै भन्दा ढिलो खुल्नुपर्ने परिस्थिती विद्यमान गरेको अवश्थामा सरकारले दिएको निति र विद्यार्थी अभिभावकले व्यहोरिरहेको संकटलाई पुर्ण रुपमा व्यवस्था गरी एक तर्फी रुपमा शुल्क उठाउने आव्हान आपत्तिजनक रहेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

आजदेखि रोजगार मेला स ...

धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उ ...

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved