पथरीमा कानुनी परामर्श कार्यक्रम सम्पन्न

  • असार ९, २०७७
  • "भूमिप्रसाद पाठक"
alt

मोरङ/  पथरी शनिश्चरे नगरपालिका, न्यायिक समितिको सहकार्यमा कानेपोखरी मिडिया प्रालिले पथरी शनिश्चरे नगरस्तरीय कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । साविकका ३ वटा गाविस हसन्दह, शनिश्चरे र पथरी लक्षित यो कार्यक्रम हसन्दह क्षेत्रका लागि असार ६ गते अमर सिंह माविको सभाहलमा, शनिश्चरे क्षेत्रका लागि असार ७ गते सरस्वती आधारभूतको सभाहलमा र पथरी क्षेत्रका लागि आज असार ८ गते हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो दिन प्रमुख अतिथिको रूपमा उपस्थिति यमुना विष्ट बास्तोलाले पथरी शनिश्चरे नगरमा प्राप्त विषयगत कानुन र कानुनको सुक्ष्म कार्यान्वयनको पक्ष औसत मात्र देखिएकोले यस्तो कार्यक्रममार्फत यो प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । आयोजकको भूमिकाप्रति खुशी व्यक्त गर्नुहुँदै उहाँले न्यायिक समिति यस्ता अभिमुखी कार्यक्रममार्फत स्थानीय समुदायसँग सरकारको साझेदार संयन्त्रको रूपमा सहयोगी बनेर काम गर्न चाहेको समेत बताउनुभयो । ५० जनाभन्दी बढी सहभागिता रहेको कार्यक्रममा स्थानीय सञ्चारकर्मी, अधिकारकर्मी, सामाजिक अभियन्ता, स्थानीय लब्धप्रतिष्ठित व्यक्तिहरू सहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

पथरी शनिश्चरे नपा वडा नं। ४ अवस्थित सरस्वती आधारभूतको सभाहलमा सम्पन्न दोस्रो दिनको कार्यक्रममा संविधानसभा सदस्य माननीय लालबहादुर सुस्लिङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमप्रति शुभेच्छा राख्नुहुँदै ऐतिहासिक संविधानसभा सदस्य सुस्लिङले आफूहरूले निर्माण गरेको कानुन अहिले आधारभूत तहसम्म कार्यान्वयनको चरणमा आएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यस्ता अधिकार अभिमुखी कार्यक्रममार्फत कानुन निर्माणको रणनीतिक सफलता र अपेक्षित सन्तुष्टि आर्जन हुनेमा विश्वास व्यक्त गर्नुभयो । ४५ जनाभन्दी बढी सहभागिता रहेको यस कार्यक्रममा स्थानीय शिक्षक, बुद्धिजीवी, नगरभित्रका उपलब्ध दर्जनौं सञ्चारकर्मी, विभिन्न विषयगत अधिकारकर्मी, सामाजिक स्रष्टा एवं अभियन्ता, स्थानीय स्तरमा लब्धप्रतिष्ठित व्यक्ति सहित कानुनको क्षेत्रमा सरोकार राख्ने व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न कार्यक्रमको तेस्रो र अन्तिम दिनको कार्यक्रमलाई समापनको प्रमुख अतिथिको रूपमा नेकपा, प्रदेश कमिटी सदस्य एवं सामाजिक व्यक्तित्व युवराज बास्कोटाले सम्बोधन गर्नुभएको थियो । सम्बोधनक्रममा युवा व्यक्तित्व बास्कोटाले चर्चित अन्तर्राष्ट्रिय लेखक एवं विश्लेषक रूसोको प्रसंग उठाउनुहुँदै नैतिक रूपमा सही सत्य नभएको कुरालाई राजनीतिक रूपमा सही ठहराउन खोज्दा समाजमा कानुनी मूल्यमान्यता समेत हराउँदै गएको बताउनुभएको थियो ।

कानुन औपचारिक अनौपचारिक हुन्छ । हाम्रा लागि कानुन परिपालना हो, स्थापित एउटा अवधारणा हो । औपचारिक कानुनले दण्डसजायको व्यवस्था गर्छ भन्दै बाल्यकालमा घेवा लाग्छ भनेर छिमेकको करेसाबारीमा पस्न नहुने बुझेको थियो । यो पनि कानुन थियो । छिमेकको अनुमति बेगर करेसाबारीमा पसे दण्डित हुने व्यवस्था कानुनी राज्यको परिपालना हो । यो बुझाइ र कार्यान्वयनबीच समस्या रहेको बताउँदै आधुनिक र सभ्य समाज व्यवस्थापनमा स्वशासित राज्य व्यवस्थाको अवधारणा कार्यान्वयन गर्न सके कानुन, दण्डसजाय, पुलिस प्रशासन आदि केही नचाहिने बताउनुभयो ।

३ दिनसम्म लगातार सम्पन्न समग्र कार्यक्रममा उपस्थित भएर अधिवक्ता विनोद पाहिमले सहजीकरण गर्नुभएको थियो । दैनिक जीवनमा घटेका कतिपय घटनाक्रम र यसका सन्दर्भहरूलाई जोडेर पेश हुनुहुने अधिवक्ता पाहिमको सहजीकरणले झण्डै डेढ सय बराबरको संख्या प्रत्यक्ष लाभान्वित भएको सहभागीहरू अनु राई, धनप्रसाद साँवा, मोहन भट्टराई, प्रेमप्रसाद ढकाल, देवेन्द्र वनेम, रोशन हाङबाङ, सामुदायिक वन अभियन्ता काबुलबहादुर मगरले बताउनुभयो ।

चरणबद्ध सम्पन्न यी कार्यक्रमको अध्यक्षता कानेपोखरी मिडिया प्रालिका अध्यक्ष सञ्चारकर्मी दिनेश सुब्बाले र सञ्चालन सारगर्भित कला र प्रतिभाका धनी स्थापित प्रगतिशील सञ्चारकर्मी अर्जुन जम्नेली राईंले गर्नुभएको थियो ।

आजदेखि रोजगार मेला स ...

धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उ ...

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved