धरान । सरकारले चैत्र ११ गते देखि लकडाउन घोषणा गरे पनि अन्य सेवा सुविधा सहित विद्यालयहरु पनि पुर्ण रुपमा बन्द रहेका छन् ।
जसले गर्दा विद्यार्थीहरुको पठनपाठनमा असर पुर्याएको छ ।
पछिल्लो समय लकडाउनको मोडालिटी परिवर्तन भए पनि विद्यालयहरु भने अझै पुर्ण रुपमा बन्दनै रहेका छन् ।
त्यसैले सुविसुको क्लियर टिभीले ई कक्षा संचालन गरेको छ । लकडाउनका कारण पठनपाठनमा असर परे पछि क्लियर टिभीले ई कक्षा शुरु गरेको छ ।
सुविसुको क्लियर टिभीले स्कुल अब घरमै अभियान अन्र्तगत टिभी च्यानलमा ई कक्षा संचालन गरेको हो ।
लकडाउनका कारण विद्यालय बन्द हुँदा पठनपाठनमा असर पर्न थालेको भन्दै सुविसुले क्लियर टिभी मार्फत इ कक्षा संचालन गरेको हो ।
क्लियर टिभीको २९३ नम्बर च्यानलमा ई कक्षा हेर्न सकिन्छ । असार १ गते देखि शुरु भएको ई कक्षामा कक्षा ४ देखि १० सम्मको विद्यार्थीहरुका लागि ई लर्निङ्ग कक्षा संचालन भएको जनाएको छ ।