मालोर्काको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना ४-० गोलको फराकिलो जित

  • जेठ ३२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 मालोर्काको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले ४-० गोलको फराकिलो जित निकालेको हो ।
कप्तान लियोनल मेस्सीको उच्च प्रदर्शनमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।

बार्सिलोनाको जितका लागि कप्तान मेस्सीले एक गोल र दुई असिस्ट गरेको थिए । त्यस्तै अर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्बाले एक एक गोल गरे ।

दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गर्दा मेस्सीले एक गोल र एक असिस्ट गरे । खेलको ७९औं मिनेटमा अल्बाले मेस्सीको पासमा गोल गर्दा बार्सिलोना ३९० गोलले अगाडि बढ्यो । त्यसपछि खेलको इन्जुरी समयमा मेस्सीले गोल गरे । उनले लुइस सुआरेजको पासमा गोल गर्दै बार्सिलोनालाई ४९० को फराकिलो जित दिलाए ।

खेलको दोस्रो मिनेटमा नै भिडालले अल्बाको लामो पासमा हेडिङमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३७औं मिनेटमा ब्रेथवेटले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २–० को अग्रता दिए । उनले मेस्सीको पासमा गोल गरेका थिए ।

यस जितसँगै बार्सिलोनाले २८ खेल खेल्दै ६१ अंक जोडेको छ ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved