विश्वकप फुटबलको छनोट खेल अक्टोबरबाट सुरू गरिने

  • जेठ २४, २०७७
  • "सन्जोगबाबु दाहाल"
alt फाईल फोटो नेपाल भर्सेस माल्दीभस

काठमाडौं –विश्वयापी महामारीको रुपमा कोरोना भाइरसको कारण स्थगित विश्वकप फुटबलका छनोट खेल अक्टोबारबाट सुरू गर्ने तयारी भएको छ ।

एसियन फुटबल फेडेरसन (एएफसी) ले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र चीनमा आयोजना हुने एएफसी एसियन कप छनोट अन्तर्गत बाँकी रहेका खेल अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव गरेको हो ।

एएफसीले फीफासँग परामर्श गर्दै भाईरसको कारण स्थगित छनोट खेलहरु अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव ल्याएको हो ।

एएफसीले सार्वजनिक गरेको प्रस्तावित मिति अनुसार म्याच डे ७ र ८ को खेलहरु अक्टोबर ८ र १३ मा हुनेछन् भने, म्याच डे ९ र १० का खेलहरु नोभेम्बर १२ र १७ मा हुनेछ ।

यसअघि मार्च र जुनमा हुने तय भए पनि कोरोनाको कारण छनोट खेलहरु स्थगित गरिएको थियो ।
छनोटअन्तर्गत समूह सीमा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी तीनै खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ । सुरुवात पाँच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ ।
अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved