विराटनगर र इटहरीमा बैंकका सबै शाखा खुले, सामाजिक दूरी अनिवार्य

  • जेठ २१, २०७७
  • "कुमार लुइँटेल"
alt

विराटनगर । विराटनगरमा आजबाट बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुलेका छन् । यसअघि विराटनगरसहित जिल्लाभरका शाखाहरु दिन तोकेर मात्र संचालन हुँदै आएका थिए ।

विराटनगरमा ठूला बैंकका एक भन्दा अघिक शाखा रहेपनि कुनै एक क्षेत्रको मात्र खुल्दा सवाग्रहीको ठूलो घुइँचो र भिंडभांड हुने गरेको थियो । प्रदेश राजधानी विराटनगरमा २७ वाणिज्य बैंक, १० वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीका शाखा छन् । विराटनगरमा कतिपय ठूला बैंकका चारवटासम्म शाखा छन् भने फाइनान्सका समेत एकभन्दा बढी शाखा छन ।

नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुख रोशन सिग्देलले बुधबारबाट विराटनगरमा बैंकका सबै शाखा खुलेको जानकारी दिदैं भने,“आर्थिक रुपमा धेरै गतिविधि हुने क्षेत्र हो । ट्रान्सजेक्सन पनि बढ्न थाल्यो । मानिसहरु आउने दर पनि बढेको छ त्यसैले सबै शाखा खोल्ने निर्णय भएको हो ।” बैंकमा सेवा लिन पुग्ने सेवाग्राहीलाई रोगको संक्रमण हुन नदिन सामाजिक दूरी कायम गराउने र अरु सावधानी अपनाउन पनि निर्देशन दिइएको सिग्देलले बताए ।

व्यापारको बजार, सरकारी कार्यालयको उपस्थिति र आर्थिक गतिविधि विराटनगरमा अन्यत्रको तुलनामा अधिक हुने गरेको सिग्देलको भनाइ छ । प्रदेश १ को सुनसरीमा पनि अधिकांश क्षेत्रमा बैंकका सबै शाखा संचालन आएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकाले सबै शाखा संचालनमा आएको जनाएको छ ।

राष्ट्र बैंक विराटनगरका प्रमुख सिग्दलका अनुसार स्थानीय परिस्थिति हेरेर प्रदेश १ का अन्यत्रका जिल्लामा समेत बैंकले सेवा दिईरहेको बताए । भने,“स्थानीय परिस्थिति, अवस्था र सेवाको मागअनुसार नै बैंकका शाखा संचालन गर्ने केन्द्रको नीतिअनुसार नै प्रदेश १ का बैंकिङ सेवा सूचारु छ ।” सिग्देलले बैंकसम्म सेवा लिन जाँदा रोगको संक्रमण लाग्न नदिन र फैलनबाट रोक्न व्यक्ति व्यक्तिले नै सावधानी अपनाउनु अनि सचेत हुनु उपयुक्त भएको बताए ।

विराटनगर महानगरको कोभिड १९ संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंकका सबै शाखाहरु खोल्ने निर्णय गरेको हो । “यसअघि बैंकका शाखाहरुले एउटा खोल्दा अर्को बन्द गर्ने गर्दथे तर यसरी एउटै शाखामात्र संचालन हुँदा बैंकमा सेवाग्राहीको अति धेरै भींडभाँड हुने गरेको थियो,” समितिका सम्पर्क व्यक्ति राजेन्द्र प्रधानले भने,“बैंकबाट आर्थिक गतिविधि हुने भएकोले आर्थिक क्षेत्रलाई बचाउन पनि शाखास संचालन गर्ने निर्णय भएको हो ।” सेवाग्राहीलाई सामाजिक दूरी कायम गर्ने र ज्वरो जाँचेर मात्र बैंककाभित्र पुग्ने व्यवस्था मिलाइएको प्रधानले सुनाए । बैंकहरुमा सेवाग्राहीलाई हात धुने र सेनिटाइजरले हात सफा गर्ने प्रबन्ध पनि भएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बैंकहरु एउटा शाखामात्र खुल्दा अधक भिंड भएको र सेवाग्राहीले सेवा पाउन पनि समय लाग्ने गरेको गुनासो आएकोले सबै शाखा खोल्ने निर्णय भएको जानकारी दिए । पराजुलीले भने,“बैंकको सेवा दैनिक जीवन र कारोबारहरुसंग सम्बन्धित हुने भएकोले व्यवस्थित ढंगले संचालन हुनुपर्ने हाम्रो निर्णय हो ।” धेरै भिंडभांड हुन नदिन र सेवाग्राहीले छरितो ढंगले सेवा लिन पाउन भनेरै महानगरको अगुवाइमा बैंक खोलिएको बताए ।

 

पाँचथरमा श्रीमानको क ...

पाँचथर/ पाँचथरको याङवरक गाउँपालिका–५ स्थित द ...

धरानका मासु पसल अव्य ...

धरान/ धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले सरोकारवा ...

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved