धरान/ परियार सेवा समाज धरानले धरान उपमहानगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोषमा नगद रु ४५,००० सहयोग गरेको छ ।
समाजका तर्फबाट जिल्ला अध्यक्ष श्री खगेन्द्र नेपाली, नगर अध्यक्ष श्री गोपाल रणपैली, संस्थापक सदस्य श्री डिल्लीराम सिवा, केन्द्रिय सदस्य श्री लक्ष्मण दास तथा आर्थिक सहयोग संकलन संयोजक श्री खगेन्द्रबहादुर नेपाली र नगरपालिका तर्फ बाट उपप्रमुख श्री मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत श्री विदुर प्रसाद खनाल र वडा अध्यक्षहरुको उपस्थितिमा नगर प्रमुख श्री तिलक राईलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो