धरान/ सरकारले अर्थिक वर्ष २०७७/०७८ को लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख बिनियोजन गरिएको छ ।
अर्थमन्त्री डा युबराज खतिवडाले बिहिबार दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७८ को बजेट प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख बिनियोजन गरेको बताएका छन् ।
शिक्षा क्षेत्रमा ४ वर्षयताकै बढी बजेट बिनियिजोन गरिएको हो । गत वर्ष शिक्ष क्षेत्रमा १ खर्ब ६५ अर्ब ७६ करोड छुट्याइएको थियो । यसपाली यो रकम ७ अर्ब ९६ करोडले बृद्धि भएको छ ।
कुल बजेटको ११. ६४प्रतिशत बजेट शिक्षा क्षेत्रमा बिनियोजन भएको छ , जनु चालु आर्थिक वर्षको भन्दा यो करिब १ प्रतिशतले बढी हो ।
शिक्षाको क्षेत्रमा १ प्रतिशतले मात्रै बजेट विनियोजन बढाइनुले पनि यो क्षेत्रलाई सरकारले महत्व दिएको प्रष्ट हुन्छ ।
दश वर्ष पहिले शिक्षामा कुल बजेटको १७ प्रतिशत थियो जुन घट्दै गएर आव २०७४। ०७५ मा १० प्रतिशतमा झरेको थियो । त्यसयता भने क्रमशः बजेट बढ्न थालेको छ ।
शिक्षाका मुख्य कार्यक्रम
· विपन्न र अपाङ्गता भएका नागरिकाका बालबालिका, शहीदका छोराछोरी र जेहन्दार विद्यार्थी गरी २६ लाखलाई छात्रवृत्ति दिन २ अर्ब ७० करोड ।
· दिवा खाजालाई विस्तार गरी देशभर बनाउन ७ अर्ब ५२ करोड ।
· सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तहमार्फत अनुदानका रुपमा १ अर्ब ८२ करोड वित्तीय हस्तान्तरण ।
· गेटा मेडिकल कलेज सञ्चालन गरी सिकलसेल एनिमियाको अनुसन्धान केन्द्रका रुपमा विकास गर्न र बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेजको पूर्वाधार बनाउन १ अर्ब १७ करोड ।
· गणित, अंग्रेजी र विज्ञान शिक्षक नपुग भएका विद्यालयमा ६ हजार स्वयंम सेवक शिक्षक परिचालन गर्न २ अर्ब २३ करोड ।
· आधारभूत तहसम्म रंगिनसहित पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड ।
· विश्वविद्यालय अनुदान आयोगमार्फत अनुदान उपलब्ध गराउन १७ अर्ब ४३ करोड ।
· मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण गरी शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड ।