बालिका बलात्कृत गर्ने मदन अधिकारीलाई साधारण सदस्य समेत नरहने गरि नेकपाको कारवाही

  • जेठ ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 तेह्र वर्षिय बालिकालाई यौन शोषण गर्दै आएका धनकुटाका शिक्षक मदन अधिकारीलाई साधारण सदस्य समेत नरहने गरि नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कारवाही गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष तथा संघीय सांसद राजेन्द्र राईले आइतबार एक विज्ञप्ती जारी गर्दै अधिकारीमाथि गम्भीर प्रकारको आरोप लागेको र उनी जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा रहेका कारण उनको मुद्धाको किनारा नलागुञ्जेलसम्मका लागि पार्टीको साधारण सदस्यता समेत नरहे गरी निष्कासन गरिएको जनाएका छन् ।

अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् ।

उनी पूर्वमाओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य थिए । हाल उनी पार्टी जिल्ला कमिटीको प्रचार विभाग उपप्रमुख समेत हुन् ।

धनकुटा नगरपालिका वडा नंम्बर ६ आत्माराकी १३ वर्षीय दलित बालिकालाई ललाईफकाई यौन शोषण गर्दै आएको आरोप छ ।

सो घटनाका आरोपित अधिकारी सहित धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको थियो ।

शिक्षक अधिकारीले परीक्षाको फाराम भर्न तिम्रो बुबाको नागरिकता चाहिएको छ ल्याएर आउनु भनेपछि नागरिकता बोकेर गएका बेला उनकै घरमा बलात्कार गरेको बालिकाले बताएकी छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved