रंगेली विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम का लागि भारतसँग सिमना जनमा ६९ जना म्यादि प्रहरी खटाइने भएको छ ।
भारतसँग सिमना जोडिएको मोरङगका तीन नगरपालिका रतुवामाई नगरपालिका , सुनवर्शी नगरपालिका र रंगेली नगरपालिका को संयुक्त बैठकले सिमा सुरक्षाको लागि म्यादी प्रहरी राख्ने निणर्य गरेको हो ।
बैठकमा सहभागि सुनवर्शी नगरपालिकाका मेयर काली प्रसाद दासका अनुसार तीन महिनाका लागि ६९ जना म्यादि प्रहरी नियुत्त गरि सिमा सुरक्षाका लागि खटाइने छ ।
बैठकमा कोरोना भाईरस नियन्त्रणका लागि सिमाक्षेत्रमा आवात जावतमा कडाई र भारत सहित अन्य देशबाट आएका ब्यक्ति हरु का लागि बृहत क्षमताको क्वारेनटाईनको व्यवस्थापन र कोरोना भाईसर नियन्त्रणको लागि प्रभावकारीताका बिषयमा छलफल भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।
उक्त बैठकमा तिनवटै नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत साथै उक्त क्षेत्रका सुरक्षा निकायका प्रमुख लागायतका नेपाल प्रहरी र शशस्त्र प्रहरी कार्यालयका प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।