कोरोना नियन्त्रण गर्न मोरङ्गका तीन नगरपालिका एकजुट ,सिमामा म्यादि प्रहरी खटाइने

  • जेठ ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

रंगेली विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम का लागि भारतसँग सिमना जनमा ६९ जना म्यादि प्रहरी खटाइने भएको छ ।

भारतसँग सिमना जोडिएको मोरङगका तीन नगरपालिका रतुवामाई नगरपालिका , सुनवर्शी नगरपालिका र रंगेली नगरपालिका को संयुक्त बैठकले सिमा सुरक्षाको लागि म्यादी प्रहरी राख्ने निणर्य गरेको हो ।

बैठकमा सहभागि सुनवर्शी नगरपालिकाका मेयर काली प्रसाद दासका अनुसार तीन महिनाका लागि ६९ जना म्यादि प्रहरी नियुत्त गरि सिमा सुरक्षाका लागि खटाइने छ ।

बैठकमा कोरोना भाईरस नियन्त्रणका लागि सिमाक्षेत्रमा आवात जावतमा कडाई र भारत सहित अन्य देशबाट आएका ब्यक्ति हरु का लागि बृहत क्षमताको क्वारेनटाईनको व्यवस्थापन र कोरोना भाईसर नियन्त्रणको लागि प्रभावकारीताका बिषयमा छलफल भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।

उक्त बैठकमा तिनवटै नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत साथै उक्त क्षेत्रका सुरक्षा निकायका प्रमुख लागायतका नेपाल प्रहरी र शशस्त्र प्रहरी कार्यालयका प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved