उदयपुर बिहीबार हावाहुरी सहित परेको चट्याङ लागेर उदयपुरका एक जनाको ज्यान गएको छ ।
बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराएर साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारणकटारी नगरपालिका ३ राजावासका ६१ वर्षीय लिबाहदुर सुनुवारको घटनास्थलमै मृत्यु भएको इलका प्रहरी कार्यलय कटाहरीले जनाएको छ ।