माया घर ईटहीलाई धरान निवासी सुनित न्यौपाने सुव्वाबाट खाद्यान सामग्री प्रदान "५० जाना आश्रितले कोरोनाको संक्रमण र लकडाउनको अवस्थामा ठूलो राहत पाए "

  • वैशाख २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

माया घर ईटहरीलाई धरान निवासी सुनिता न्यौपाने सुव्बाले खाद्यान सामग्री प्रदान गरेको छ । कोरोना संक्रमणका कारण लक डाउनको अवस्थामा दाताहरुको अभावमा माया घरमा आश्रितहरुलाइ खाना खाजा खुवाउन समस्या भएको जानकारी भएपनि उक्त खाद्यान्न माया घर ईटहरीकी उपाध्यक्ष राधिका थापा र सुभद्रा प्याकुरेललाई हस्तान्तरण गरिएको हो । तरुण दल सुनसरीका कार्यवाहक सभापति सन्तोष वि.क. को समन्वयमा सुनसरी टेक्निकल कलेजका मेनेजिङ्ग डाईरेक्टर श्रीमती सुनिता न्यौपाने सुव्वाले आईतवार माया घर ईटहरीमा नै पुगेर हस्तान्तण गरेको थियो ।

उनले चामल १० बोरा, तेल २ कार्टन, अण्डा ४ क्रेट, दाल १५ केजी, चिनी १५ केजी, नुन ५ केजी, चिउरा ८ पाकेट, विस्कुट ५ दर्जन, चियापती ४ केजी, एभ्रीडे दुध ३ पाकेट र साबुन १ दर्जन प्रदान गरिएको थियो ।

नेपाली काँग्रेस क्षेत्र नं. १ क्षेत्रिय सदस्य रवि राईले खाजाका लागि केक तथा विस्कुट प्रदान गरेको थियो ।सडकमा रहेका कठीन अवस्थामा रहेका साहारा विहिनको घरको रुपमा माया घर रहेको सचिव सुभद्रा प्याकुरेलले बताए । माया घरको परिचय गराउदै कोरोनाको कहरको अवस्था सहयोग गर्नुभएको दाताहरुलाई उपाध्यक्ष राधिका थापाले धन्यवाद गराएका थिए ।

कार्यक्रममा समाजसेवी सुश्री विद्या शाक्य, र यूवा व्यवसायि विक्कि श्रेष्ठ र कृति टेलिभिजनका मोहन श्रेष्ठ लगायत व्यक्तित्वहरुको सहभागिता रहेको थियो । माया घरमा हाल विभिन्न अवस्थाका ५० जना रहेको छ । सवै क्षेत्रका दाताहरुको सहयोगमा माया घर संचालित छ ।

 

पाँचथरमा श्रीमानको क ...

पाँचथर/ पाँचथरको याङवरक गाउँपालिका–५ स्थित द ...

धरानका मासु पसल अव्य ...

धरान/ धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले सरोकारवा ...

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved