अन्नपूर्ण पूर्णतः सञ्चालनमा आउने

  • वैशाख २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 मोरङको शैशिक केन्द्रको रूपमा परिचित पथरीकै धरोहर अन्नपूर्ण मावि पूर्णतः सञ्चालनमा आउने भएको छ । पथरीबजार, पथरी शनिश्चरे नपा वडा नं। १, अन्नपूर्ण चौकस्थित यो स्कुललाई स्थानीय उद्यमी एवं व्यवसायी भूवनसिंह लिम्बुलगायतको समुहले लक डाउनको लगत्तैपछि पूनः आकर्षक शिक्षाकेन्द्रको रूपमा सञ्चालनमा ल्याउने भएका छन् ।
स्कुलसँग सम्बद्ध सबै शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला कोही पनि विचलित नभइकन पूर्णरुपमा सञ्चालन हुने कुरामा विश्वस्त रहन र स्थानीय युवा एवं सिर्जनशील युवाजमातले सञ्चालन गर्ने यहाँको शैक्षिक गुणस्तरसहित स्वच्छ वातावरणबाट प्रशस्तै लाभ लिन स्कुल निर्देशक संसार थेवेले बताउनुभएको छ ।
३ दशक लामो शैक्षिक उन्नतिको गर्विलो इतिहास बोकेको यो स्कुलमा अहिले ७ सयको हाराहारीमा विद्यार्थीहरूले नियमित पठनपाठन गर्ने गरेका छन् । विभिन्न कारणले बन्द हुने हल्लालाई हामीले चिर्दै आएका छौं, शैक्षिक गुणस्तरको परिणामबाटै विश्वास जगाउन अहोरात्र क्रियाशील छौं, निर्धक्क भएर यो संस्थालाई सहकार्यमा आधारित अघि बढाउन सबैले साथ दिनुपर्ने अपील गर्नुहुँदै विद्यालयका अध्यक्षको जिम्मेवारीमा रहनुभएका समाजसेवी भूवनसिंह लिम्बुले आउँदो शैक्षिकवर्षमै यसलाई नगरको पहिलो शिक्षाकेन्द्रको उभ्याउने विश्वास व्यक्ति गर्नुभएको छ ।



श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved