मधुमल्लामा सामूहिक निःशुल्क खाना कार्यक्रम

  • वैशाख २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङको पूर्वोत्तर क्षेत्रमा रहेको मिक्लाजुङ गापाअन्तर्गत वडा नं। ९, मधुमल्ला बजारमा निःशुल्क खाना खुवाउने कार्यक्रमको संयोजन भएको छ । विश्वमा कोरोना भाइरस संक्रमणको त्रास छाएको छ । यसका कारण देशमा लकडाउन जारी छ । यसले खासगरि दैनिक मजदुरी गर्ने र विपन्न समुदाय बढी प्रभावित भएको छ ।
स्थानीय सरकारले आफ्नो स्रोत साधानले भ्याएसम्म राहत वितरण गर्दै आएको छ । कतिपय बेलामा यो प्रर्याप्त छैन । यसलाई ध्यानमा राख्दै समाजसेवी छत्र डाँडीले विपन्न परिवारलाई विगत ८ दिनदेखि निःशुल्क खाना खुवाइरहनुभएको छ । आठौं दिन आयोजिक सामूहिक भोजन कार्यक्रम अत्यन्तै भव्य सम्पन्न भएको छ । स्थानीय सामाजिक व्यक्तित्व छत्र डाँगी संयोजक रहनुभएको कार्यक्रममा ‘साझा अस्पताल प्रालि’ सहित सहयोगी विभिन्न सहयोगी संघसंस्थाको सघन उपस्थिति रहेको बुझिएको छ ।
उर्लाबारी सञ्चार क्लबको संयोजनमा सम्पन्न उक्त पत्रकार भेटघाट कार्यक्रममा स्थानीय सहयोगी संघसंस्थाहरूको सहयोग लिएर लक डाउनका कारण मारमा परेको दैनिक ज्यालादारी आश्रित घरपरिवारका सदस्यहरूका लागि यो निःशुल्क सामूहिक कार्यक्रम सञ्चालन गरिएको संयोजक डाँगीले बताउनुभयो ।

C2 copy

 

 

 


एउटा अर्को फरक प्रसंगमा गत २१ गतेदेखि आरम्भ भएको सामुहिक खाना कार्यक्रम लक डाउन समयावधिभर खुवाइने, उपेन्द्र चौधरी सहितका खानापारखीले बनाउने खानालाई दैनिक ३ सयजनाको प्रति छाक व्यवस्थापन हुने गरेको संयोजक डाँगीले जानकारी गराउनुभयो ।
औसत गुणस्तर कायम गरिएको खानावापत दैनिक ३० हजार खर्च हुने गरेको र सो खर्च स्थानीय स्तरमा क्रियाशील विभिन्न संघसंस्थाहरूले व्यहोर्ने गरेको जानकारी दिनुभयो । दैनिक १३ जना स्थानीय व्यक्तिहरू स्वयंसेवीभावका साथ खटिने यो सामूहिक खाना कार्यक्रम सम्पन्न पार्न यी सहयोगी संघसंस्थाहरूमा नवोदित् युवा क्लब, मधुमल्ला, लाइन्स फुड्स बैंक, मधुमल्ला, लाइन्स क्लब अफ उर्लाबारी, लाइन्स क्लब अफ मिक्लाजुङ सहित दर्जनौं मनकारी सामाजिक व्यक्तित्वहरूको संलग्नता रहेको गापा अध्यक्ष देवीप्रसाद आचार्यले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
सामूहिक खाना कार्यक्रममा स्थानीय शिव राधाकृष्ण दुर्गा मन्दिर भजन मन्डली समूह मिक्लाजुङ ९, समाजसेवी राममाया बरदेवा मिक्लाजुङ ९, ओम शान्ति सेन्टर मधुमल्ला बजार र मेनुका बस्नेत ९सब्जी भण्डार० को विशेष योगदान रहेको संयोजक डाँगी बताउनुहुन्छ । मनकारी डाँगी मधुमल्ला बजारमा लामो समयदेखि साझा हस्पिटल सञ्चालन आएका सामाजिक व्यक्तित्व हुनुहुन्छ ।

पाँचथरमा श्रीमानको क ...

पाँचथर/ पाँचथरको याङवरक गाउँपालिका–५ स्थित द ...

धरानका मासु पसल अव्य ...

धरान/ धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले सरोकारवा ...

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved