भारतबाट ल्याइएका तरकारी साइकलमा ल्याउँदै व्यापारी, गाउँ प्रवेश गराउन दिएनन् स्थानीयले

  • बैशाख १८, २०७७
  • कोशीपत्र/संवाददाता
alt

समुहगत रुपमा साइकलमा तरकारी ब्यापारी गाउँ छिरे पछि वराहक्षेत्र ४ दुब्याहीका स्थानीयले रोक लगाएका छन् ।
 
इनरुवा , डुम्राहा , ढोक लगायतका स्थानबाट लामबद्ध भै साइकलमा ब्यापारीहरु आए पछि स्थानीयहरुले सल्लाह गरेर गाउँ प्रवेशमा रोक लगाएको दुब्याही निवासी राधे सिंह दनुवारले बताए ।
 
९ वटा साइकल र १ मोटरसाइकलमा ब्यापारी गाउँ पसे पछि स्थानीय प्रशासनलाई समेत खबर गरिएको थियो । जथाभावी टोल - टोलमा सब्जी ब्यापार गरि हिड्ने ब्यापारीलाई स्थानीय प्रहरीले समेत यसरी नडुल्न सचेत गराइ फर्काएको थियो ।
 
" तरकारी दैनिक उपभोग्य बस्तु हो यो सबैलाई आवाश्यक छ । तर कसैले बिक्रि गर्छ भने विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भिडभाड नगराइ निश्चित दुरि कायम गरेर कुनै एक स्थानबाट बिक्री गर्नु पर्दछ ।" कालाबन्जर चौकिका असइ बिनोद दहालले भने ।
 
ढोकका ब्यापारी नारायण मेहेता भन्छन् " हाम्रो घरकै तरकारी हो । हामीले बारीको तरकारी पनि बेच्न नपाए के गरि खाने ? "
 
यता गाउँलेहरु भन्छन् " इनरुवा , भोक्राहा , डुम्राहा पट्टी इन्डिया बाट आवतजावत चलिरहेको सुनिएको छ । त्यताका मानिसहरुमा साबधानी कम छ । त्यसैले अब हामी उनिहरुलाइ यता आउन दिदैनौ । "
 

निर्माण मजदुरको उपचा ...

धरान/ काम गर्दागर्दै करेन्ट लागेर गम्भिर घाइते भएक ...

धरानका मेयरद्धारा स ...

धरान/ उमेरले पाको,दारी,जुंगा,कपाल सेतै फुलेका जीत ...

पानबारी गोल्डकपः सेम ...

धरान /धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपको स ...

तेस्रो कोशी कराते च् ...

धरान/ धरान–१२ स्थित सुनाखरी एकेडेमिका बिद्या ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved