सिरुवा मेला स्थगित, सिरुवासँगै वराहक्षेत्रमा लाग्ने आधा दर्जन धार्मिक, सांस्कृतिक मेला प्रभावित

  • वैशाख १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

लकडाउन लम्बिएसंगै थारु समुदायले महत्वका साथ मनाउने सिरुवा मेला स्थगित भएका छन् ।

चैत्र महिनाको २९ गतेदेखि सुनसरीको वराहक्षेत्र–४ पिंडारीबाट शुरु भई वैशाखभरि विभिन्न ठाउँमा मेला लाग्ने गरेका थिए । यो वर्ष भने विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण पिंडारीमा लाग्ने प्रथम मेला स्थगित गरिएको ग्राम थानका पुजारी अशोक चौधरीले बताए ।

“यो वर्ष मेला लगाउन मिल्दैन बिहान केही समय स्थानीय प्रशासनलाई जानकारी गराएर पूजा गर्ने काम चाहिँ गर्छौ । त्यो पनि आलोपालो गरेर “पुजारी चौधरीले बताए ।

ग्राम थानमा पूजा पाठ गर्दा मानवलगायत सम्पूर्ण पशुपंक्षीलाई कुनै रोगले नछुने सबैको कल्याण हुने विश्वास रहेको थारु समुदायका अगुवाहरु बताउँछन् ।

पिंडारीको मेला शुरु भएपछि वराहक्षेत्रका बेलाह, आन्द्रामोठ, नडाह, कालाबन्जरलगायतका स्थानमा मेला लाग्ने गरेका थिए ।

 

 
 
 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved