गाउँका दूध ब्यापारीलाई धरान पुग्नै मार्का, लक डाउनका कारण दूधको बजारमा गिरावट

  • बैशाख १८, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान बराहक्षेत्र बासिहरुका लागी कृषिजन्य बस्तुहरु बिक्रि गर्ने एउटा दिगो बजार हो । 
 
बिशेषगरि बराहक्षेत्रका ३ , ४ र ५ नम्बर वडामा उत्पादित पराल, दाल, भुष, कुखुरा, हास, अण्डा, दूध जस्ता बस्तुहरु लिएर बिक्रिका लागि दैनिक ३ सय सम्म ब्यापारी धरान बजार पुग्ने गर्छ्न ।
 
अहिले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासले देश लक डाउन भएपछि ती सबै ब्यापारी प्रभावित भएका छन् ।
 
यस क्षेत्रबाट दूध लिएर जाने ब्यापारी मात्रै ६० जना भन्दा बढी छन् । एक जना ब्यापारीले २५ जना सम्म कृषकको दूध लैजाने गर्दछ्न ।
 
यसरी अनुमान लगाउदा १ हजार ५ सय किसानको ७ हजार लिटर दूध दैनिक धरान जाने गरेको बराहक्षेत्र ४ का दुग्ध ब्यापारी गणेश बिष्ट बताउँछन् ।
 
तर अहिलेको लकडाउनले सबै लथालिङ्ग बनाइदिएको छ, अहिले दूध लिएर धरान जानेको संख्या बढिमा १० जना मात्रै रहेको छ बिष्टले बताए ।
 
" लकडाउन शुरु भएपछि गाई बस्तुलाइ खुवाउने चोकर, ब्रान्ड, दाना समेत पाउन छोडेको छ । पाए पनि भाउ बढेको हुँदा किनिसक्नु छैन ।
 
नगरपालिकाले अनुगमन गर्ने भने पनि अनुगमन गरेको छैन " गाई पालक किसानहरुको गुनासो छ । पहिले ८० लिटर दूध लिएर धरान जाने बराहक्षेत्र ३ का मनोज बिष्ट अहिले ५० लिटर मात्रै दूध लिएर जान्छन् ।
 
मनोज भन्छन् धरान बजार पुरै ठप्प छ होटेल पसल सबै बन्द भएपछि कहाँ लगेर बिक्री गर्नु अहिले घर घरमा लगेर बेच्ने हो । पहिले होटेलहरु तिर दिएको पैसा उठाउन निकै बाकी छ, ब्यापार सबै चौपट भयो मनोजले बताए ।
 
उनी भन्छन् "हामी केहिले जसोतसो दुध लिएर जादैछौ तर यहाँ धेरै ब्यापारी थिए उनिहरुले लैजान पाएका छैनन् दूध बिक्रि नभए पछि किसानले गाई भैंसी नै बेच्न थालेका छन् ।
 
" पानवारी पटिका सबै ब्यापारीले दूध लिएर आइरहेका छन् तर हाम्रो पट्टि जनप्रतिनिधि र स्थानीय प्रशासनले नै कडाइ गरे ।

 

 
 
 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved