प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमितको उपचारका लागि स्थापित कोशी कोरोना उपचार केन्द्रबाट थप एकजना डिस्चार्ज भएका छन् । अस्पतालमा उपचाररत झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानवहादुर बस्नेतले मङ्ग्रातीको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । मङ्ग्रातीलाई वैशाख १२ गते भर्ना गरिएको थियो । मङ्ग्राती डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ । २२
प्रदेश १ मा सोमबार एकजना संक्रमित निको भएर कोशी अस्पतालबाट डिस्चार्ज भए । तर, मंगलबार बिहानसम्ममा ११ नयाँ संक्रमित थपिए । अब प्रदेश १ मा संक्रमित हुनेको संख्या ५४ जना पुगेको छ । मंगलबार बिहान झापाको कचनकवलमा ९ जनामा कारोना संक्रमिण पुष्टि भएको छ । उनीहरु सबै सोमबार संक्रमण पुष्टि भएका भारतबाट आएका युवाको सम्पर्कमा भएका व्यक्तिहरु हुन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार विराटनगरमा गरिएको परीक्षणमा कचनकवलका थप ९ जनामा कोरोना देखिएको हो । सोमबार सोही ठाउँका एक जनामा कोरोना पुष्ट भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको हो । प्रदेश १ का
प्रदेश सरकारले प्रदेश १ को बर्खे अधिवेशन जेठ १४ गतेबाट शुरु हुने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले सोमबार जेठ १४ गते अपरान्ह २ बजेका लागि प्रदेशसभाको छैटौं तथा बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले अधिवेशनको तयारी तीव्र पारिएको जानकारी दिएको छ । अधिवेशनमा आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अविधेशन साविककै प्रदेशसभा हलमा हुनेछ । केही प्रदेश सांसदहरुलाई भने माथिल्लो तलामा बैठकको स्क्रिनमा प्रत्यक्ष हेर्ने व्यवस्था प्रदेशसभा सचिवालयले गरेको छ । प्रदेश १ मा ९३ ज
प्रदेश १ मा आज थप एक जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड—१९ पुष्टि भएको हो । यो संगै प्रदेश १ मा कोभिड—१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको छ । १७ जना निको भएर घर फर्किनु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । प्रदेश १ मा ३ हजार एक सय ६१ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । आरडीटीबाट ९ हजार चार सय ७३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ ।
धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा रोकथामका लागि सरकारले चैत्र ११ गते देखि लकडाउनको घोषणा गरे पनि धरान उपमहानगरपालिकामा भने चैत्र १० गते देखि लकडाउन शुरु भएको थियो । धरान स्थिती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा लिन आउने बिरामीको चाप र व्यवस्थापनमा कठिनाई हुने भए पछि प्रतिष्ठानकै चिकित्सक तथा पदाधिकारीहरुको आग्रहमा धरानलाइ चैत्र १० गते नै लकडाउन घोषणा गरिएको थियो । तर पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गइरहेकै अवश्थामा एकाएक मंगलबार देखि प्रतिष्ठानको ओपिडि सेवा शुरु गर्ने भएको छ । स्थानीय तहको कुनै समन्वय तथा छलफल नै नगरी प्रतिष्ठानले ओपिडि सेवा शुरु गरेको प्रति धरा
धरान । आगामी वर्षका लागि प्रदेश सरकारले निति तथा कार्यक्रमहरुमा माथि छलफल अघि बढाइरहँदा दलित समुदायका अगुवाहरुले पनि दलितमैत्री निति तथा कार्यक्रम र बजेट निर्माण गर्न दबाब दिइरहेका छन् । केही दिन अघि रिडेफ नेपालको नेतृत्वमा प्रदेश सभा सदस्यहरु सहितको टोलिले दलित मैत्री बजेट तथा निती कार्यक्रम निर्माण गर्न ध्यानाकर्षण पत्र बुझाएका थिए भने पुनः दलित समुदायको सशक्तिकरण, विकाश र समृद्धिका लागि आगामी निती तथा कार्यक्रममा दलित अधिकार दशक घोषणा गरि कार्यक्रमिक रुपमा बजेट विनियोजन गर्न माग गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएका छन् । दलित नेटवर्क प्रदेश नम्बर १ का अध्य
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट रोक्नको लागि धनकुटाको चौबिसे गाउँपालिकालाई पाँच दिनको लागि सिल गरिएको छ । धनकुटामा स्वास्थ्यकर्मीलाई नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि कोरोना भाइरसको संक्रमण फैलन सक्ने आंशकामा संक्रमण रोक्नको लागि चौबिसे गाउँपालिकालाई सिल गरिएको हो । कोरोना भाइरस नियन्त्रणको लागि गठन गरिएको विपत व्यवस्थापन समिति चौबिसेको आज विहान सम्पन्न आकस्मिक बैठकले चौबिसे गाउँपालिकामा एम्बुलेन्स बाहेकका सबै खालका आवत जावतलाई जेठ ५ गतेदेखि ९ गतेसम्मलाई बन्द गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । गाउँपालिकालाई सिल गरिएसँग
धरान – धरान १० सैनिक चोकमा अवस्थित उधमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थाको ६५ जना कर्मचारीहरूको कोरोना बीमा गरेको छ । कर्मचारी कसैलाई कोरोनाको संक्रमण पुष्टि भए क्षतिपुर्ती बापत १ लाख पाउने सहकारीका अध्यक्ष डा। योगेन्द्र राईले बताए । संस्थाले संचालक समिती, लेखा समिती, नियमित कर्मचारी, बजार प्रतिनिधी गरी ६५ जनाको कर्मचारी कोरोना भाइरस कोभिड १९ बीमा गरिएको छ । अध्यक्ष राईले भने, बीमा अर्न्तगत यदि कसैलाई एक वर्ष भित्र कोरोनाको संक्रमण देखिए क्षतिपुर्ती स्वरूप १ लाख पाउनेछ । हाललाई एक वर्षको मान्यता भएपनि महामारी बढ्दै गए अर्को वर्षका लागी समेत निरन्तरता दिइनेछ । बीम
धरान नेपालमा सोमबार बिहान सम्ममा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३ सय ४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी ९ जना रहेको छ । उनीहरु रौतहत इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ निवासी ७ जना पुरुषहरु रहेका छन् भने, रौतहटकै माधवनारायाण नगरपालिका वडा नम्बर ३ निवासी २८ वर्षिय १ महिला रहेकि छिन । बाँकी १ जना बारा करैयामाई ५ का पुरुषमा कोरोना पुष्टि भएको छ । नेपालमा हाल सम्म कोरोना संक्रमण देखिएका ३६ जना उपचार पछि घर फर्किइसकेका छन् भने दुई जनाको मृत्यु भइसकेको छ ।
जिल्ला अस्पताल धनकुटामा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि अस्पताल आसपास सहित धनकुटा बजार क्षेत्रलाई सिल गरिएको छ । जिल्ला संकट व्यवस्थापन समिति धनकुटाको आइतवार राति संम्पन्न आकस्मिक बैठकले अस्पताल आसपासका क्षेत्रलाई चार किल्ला कायम गरी अर्को आदेश नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड–१९ कमान्ड फोर्स धनकुटा संयोजक केशव प्रसाद विमलीले बताए । संक्रमित स्वास्थ्यकर्मीको संभावित क्षेत्रका जनताहरुको स्वस्थ्य जोखिमलाई मध्यनजर गर्दै बजार क्षेत्र सिल गरिएको बताए । बजार क्षेत्र सिल गरिएसँगै आवत जावत ठप्प पारिएको छ