Top 4

    Showing 3,411-3,420 of 9,377 items.
  • सप्तकोशी क्याम्पसलाई दियो वराहक्षेत्र नगरपालिकाले कलेज बस 

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा रहेको एक मात्र बहुमुखी क्याम्पस   सप्तकोशी बहुमुखी क्याम्पसलाई नगरपालिकाले कलेज बस उपलब्ध गराएको छ । नगरपालिकाको आ.व. २०८०/०८१ को वार्षिक बजेटमा क्याम्पसलाई बस उपलब्ध गएको हो । उक्त बसको चाबि सोमवार बिहान नगर प्रमुख रमेश कार्कीले क्याम्पस सञ्चालन समितिकि अध्यक्ष शुशिला खनाल पौडेललाइ हस्तान्तरण गरेका थिए ।  बस हस्तान्तरण कार्यक्रममा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , क्याम्पस प्रमुख शुशिल कोईरला , क्याक्पस सञ्चालन समितिका पदाधिकारी , सल्लाहकार,  सदस्यहरु , प्रध्यापक तथा बिद्यार्थीहरुको उपस्तिथि

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 663 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको मिसन ८४ अर्जुनदृष्टि : शेरधन राई

    धरान /समृद्धि नेपाल, सुखी नेपाली अभियानलाई तिब्रगतिमा अघि बढाएको नेकपा एमालेले वर्तमान सत्तामा ध्यान नदिएको पुर्व कोशी प्रदेशका मुख्यमन्त्री तथा एमालेका केन्द्रिय सदस्य शेरधन राईले बताएका छन् ।  आइतबार एमालेको भातृसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठन धरान उपमहानगर कमिटीले आयोजना गरेको इफ्तार कार्यक्रममा रमाजानको शुभकामना दिदै अहिलेको सरकारमा ध्यान नदिई आउँदो २०८४ एकल नेतृत्व हासिल गर्न मिसनमा रहेको बताए । उनले भने, अहिलेको हाम्रो अर्जुनदृष्टि ८४ हो, त्यसैले अहिले सरकारमा ध्यान छैन्, ८४ पछिको नेतृत्वमा रहेको छ ।’ उनले आउँदो ८४ को निर्वाचनबाट बहुमत हासिल गरि देशमा रहेको राजनितिक

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 537 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ट्याम्पो र इ रिक्सा आयात बन्द गर्नुपर्छ : अध्यक्ष भीमज्वाला राई

    धरान /ट्याम्पो र इलेक्ट्रिक रिक्सा आयातलाई नियन्त्रण गर्न नसक्दा धरानको ट्राफिक व्यवस्थापन जटिल बन्दै गइरहेकाले नयाँ दर्तालाई तत्काल रोक्नुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताएका छन् । करिव चार हजारको संख्यामा ट्याम्पो र पाँच हजार हाराहारी इलेक्ट्रिक रिक्सा रहेको धरानमा पाँच सय बस, ३ सय बढी साना सवारीसाधन मात्रै रहेको धरानको बसपार्क तथा पिक एण्ड ड्रपले यतिको संख्यामा सवारीसाधनहरुको भार थेग्न नसक्ने अध्यक्ष राईले बताए ।  शनिबार धरानमा कार्यरत ट्याम्पो तथा इलेक्ट्रिक रिक्सा चालकहरुको भेलालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष राईले हाल धरानमा

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 1,216 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाको कीचकवधमा भेटियो २२ सय वर्षअघिका भवनको संरचना

    झापा/  भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ। उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो। पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही पश्चिम दक्षिण अर्को बहुतले भवन फेला परेको जानकारी दिए। उनले चारवटै भवनको दक्षिणमा करिब दुई सय फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेका

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 622 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महाकुम्भ मेला : धरानमा धार्मिक पर्यटन भित्र्याउन मुल समिती सँग छलफल

    धरान/ बराहक्षेत्रमा चैत्र २७ गते देखि शुरु हुने पिण्डेश्वर महाकुम्भ मेलामा आएका धर्मावलम्बीहरुलाई धरान स्थित पिण्डेश्वर मन्दिरमा दर्शन गराउँन ल्याउने वातावरण तयार गर्न धरान उपमहानगरपालिकाले पिण्डेश्वर महाकुम्भ मेला मुल आयोजक समिती सँग छलफल गरेको छ । प्रत्येक १२ वर्षमा बराहक्षेत्रमा लाग्दै आएको पिण्डेश्वर महाकुम्भ मेलामा आउने भक्तजनहरुलाई धरानको पिण्डेश्वर मन्दिरमा ल्याई जल चढाउने व्यवस्था गर्न छलफल भएको हो । मुल समितीका सह–अध्यक्ष बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की सहित पदाधिकारीहरु र धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम वेघाको सहितको टोलिले छलफल गरेको हो । छलफलमा धरा

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 664 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर अध्यात्मीक मञ्चद्वारा सामुहिक व्रतबन्ध

    धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गरी केही बर्ष अगाडिदेखि यस्ता संस्कार सर्वसुलभ ढंगबाट सबैको पहुँच पुग्ने गरी विजयपुर अध्यात्मीक मञ्च सुनसरीले यस बर्ष पनि सामुहिक ब्रतबन्धको कार्यक्रम सम्पन्न गरेको छ । धरान १४ मा रहेको पिण्डेश्वर मन्दिर परिषरमा मञ्चले यसरी सामुहिक सामाजिक संस्कार गरेको हो । कार्यक्रमकी संयोजक निर्मला नेपालका अनुसार निम्न आय भएका सबै जातजाति, धर्ममा आस्था राख्ने र ब्रतबन्ध गर्न चाहने हरुको सामुहिक व्रतबन्ध गरिएको हो । २०४८ साददेखि नै शुरु गरिएको सामुहिक संस्कार बार्षिक रुपमा गर्दै आइरहेको छ । पूर्वाञ्चलका धेरै जिल्लाबाट कार्यक्रममा सहभागी हुने गरेका छन ।

    • प्रकाशित मितिः चैत १६, २०८०
    • 673 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान किड्जीलाई अनुमतिको प्रस्ताव ल्याएको भन्दै आक्रोशित

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा भारतीयले चलाएको किड्जी एजुकेशनलाई नगरको कर्मचारीले सेटिङमा धरान ११ मा सञ्चालन अनुमतिको प्रस्ताव ल्याएको भन्दै वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले आक्रोश पोखेका छन् । बिहिबार बसेको कार्यपालिका बैठकमा धरान किड्जी एजुकेशनलाई धरान ११ मा प्रारम्भिक बाल विकास कक्षा अनुमति दिन प्रस्ताव पेश भएको थियो । शिक्षा, युवा तथा खेलकुद महाशाखाले न्युनतम पूर्वाधार तथा मापदण्ड पूरा भएकोले अनुमति दिन उपयुक्त भएको राय पेश भएको थियो । उक्त प्रस्तावमा असहमति जनाउदै वडा नं १८ का अध्यक्ष राईले कर्मचारीसँग सेटिङमा प्रस्ताव आएको भन्दै कर्मचारी

    • प्रकाशित मितिः चैत १६, २०८०
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘कुम्भ स्नान पछि पिण्डेश्वर दर्शन गरे मात्रै पुण्य मिल्ने’

    धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ मेलाले यस वर्ष देखि धरानको पिण्डेश्वर मन्दिरको दर्शनलाई जोडेर पिण्डेश्वर पुर्ण कुम्भ मेलाको तयारी तिब्र पारिएको छ ।  बराहक्षेत्र नगरपालिकाको चतराधाममा आगामी चैत्र २७ गतेदेखि वैसाख २८ गतेसम्म हुन गइरहेको महाकुम्भमा कौशिकी नदीमा स्थान गरि धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा दर्शन गरे पछि कुम्भ मेलाको सार्थकता पाउने गरि प्रचार प्रसारलाई पनि तिब्र पारिएको छ ।  १२ बर्षमा लाग्ने महाकुम्भ मेलालाई हिन्दु धर्मालम्बीहरुको एक महान स्नान पर्वको रुपमा लिने गरिएको छ । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले इङित गरेका

    • प्रकाशित मितिः चैत १६, २०८०
    • 1,029 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको कार्यपालिका बैठक स्थगित

    धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई कार्यान्यवन गर्न दबाब दिए पछि धरान उपमहानगरपालिकाको वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुले विरोध जनाए पछि मेयर राई एक्कासी बैठक स्थगित गरेको घोषणा गर्दै बाहिरिए ।  विहिबार बसेको कार्यपालिका बैठकमा मेयर राईले पेश भएको एजेण्डालाई जबरजस्ती पेलेरै निर्णय गराउने तर्फ अघि बढे पछि वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुले विरोध जनाएका थिए । प्रक्रिया र विधि सम्मत एजेण्डालाई पेश गर्न आग्रह गर्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले माग गरेका थिए । तर मेयर राईले आफुले गरेको निर्णयबाट पछाडि नफर्कने भन्दै जबरजस्ती निर्णय गर्न खोजेका थिए । 

    • प्रकाशित मितिः चैत १६, २०८०
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राश्ट्रिय विभुति महागुरु फल्गुनन्दको समाधि स्थल अतिक्रमणको बिरोध

    पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु फाल्गुनन्दको समाधिस्थल उत्खनन गर्ने क्रियाकलाप आपत्तिजनक भएको उनका अनुयायीहरुको एक समुहले जनाएको छ । किरात धर्म सत्यहाङमा सेवा संघले पाँचथरको सिलौटीस्थित किरात धार्मिकस्थलमा आत्मानन्द लिङदेनको समूहले अनाधिकृत रुपले अतिक्रमण गरेको घटना सह्य नहुने पनि सरोकारवालाहरुको चेतावनी छ । संघले अदालतबाट परमादेश जारी भएको अवस्थामा त्यहाँको एक समुहले सरोकारवालाहरुसँग समन्वय र छलफल नगरी एकतर्फी ढंगले समाधिस्थल उत्खनन गरेको भन्दा न्यायका लागि अदालत गएको उल्लेख गरेको छ । समाधिस्थल उत्खनन वा अतिक्रमणको घटना प्रचलित संविधान र कानुन विपरित भएकोले त्यसलाई

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 508 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved