Top 4

    Showing 1,501-1,510 of 9,373 items.
  • घरभित्र अवैध भरुवा बन्दुक फेला, दुई जना पक्राउ

    मोरङ/ मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलस्थित एक घरभित्र अवैध भरुवा बन्दुक फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय केराबारीका अनुसार विशेष सूचनाका आधारमा बिहीबार राति करिब १०ः३० बजे वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बाको नेतृत्वमा टोलीले धनबहादुर श्रेष्ठको घरमा छापा मारेको थियो। घरको पश्चिमतर्फको कोठामा तन्नाले छोपेर लुकाइएको अवस्थामा १ नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बन्दुक फेला परेपछि प्रहरीले घरधनी श्रेष्ठका छोरा २६ वर्षीय गणेश श्रेष्ठ र स्थानीय ३२ वर्षीय सन्तवीर तामाङलाई नियन्त्रणमा लिएक

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीमध्ये एकको शव फेला, एकको खोजी जारी

    सुनसरी/ विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नेत्र कार्कीको नेतृत्वमा खटिएको ३५ सदस्यीय टोलीले झापा घर भएका सशस्त्र प्रहरी जवान हरेदेव राजवंशीको शव सप्तकोशीको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। बेपत्ता अर्का सशस्त्र प्रहरी जवान, डोटीका सुरज साउदको भने खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ। उद्धार अभ्यासका क्रममा सप्तकोशीमा हराएका सुरक्षाकर्मीहरूको खोजीमा सुरक्षाकर्मी, गोताखोर तथा उद्धार टोली खटाइएको छ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 929 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन

    काठमाडौं। बाँसबारी माविले काठमाडौं महानगरपालिका ४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ । बालुवाटारमा विहीबार सम्पन्न प्रतियोगितामा सर्बाधिक ७६ अंक जोड्दै बाँसबारी च्याम्पियन बनेको हो ।हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्यापिड चेसका ६ स्पर्धामा २० विद्यालयका ३ सय १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइएको अंकको आधारमा बाँसबारी चेयरम्यान कप चेस च्याम्पियन भएको हो । नेसनल क्रियटिभ को–एडुकेसनल स्कुल ९एनसीसीएस० ५३ अंकसहित उपविजेता बन्यो । महेन्द्र राष्ट्रिय मावि ३२ अंक जोड्दै तेस्रोमा रह्यो । व्यक्तिगत स

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 470 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेचीनगरको समग्र विकासका लागि संघीय सरकारबाट ५० करोडभन्दा बढीको बजेट विनियोजन

    झापा/  मेचीनगर नगरपालिकाको समग्र विकासका लागि संघीय सरकारबाट चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ५० करोडभन्दा बढीको बजेट विनियोजन गरिएको छ। नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा संघीय सरकारले नीति तथा कार्यक्रमसहितको बजेटमार्फत विभिन्न १३ शीर्षकमा बजेट छुट्याएको हो। नगर प्रमुख बुढाथोकीका अनुसार मेचीनगरका विभिन्न सडक स्तरोन्नति, झोलुङ्गे पुल निर्माण, दाहसंस्कार स्थल, तथा नयाँ पुल निर्माणका लागि बजेट विनियोजन भएको हो। यहाँ उल्लेख गरिएका केही मुख्य योजनाहरू यसप्रकार छन्: सडक स्तरोन्नति (प्रत्येक शीर्षकमा ३

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 627 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसीमा डल्फिनको संख्या बढ्यो

    सुनसरी/ कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोसी नदीमा डल्फिनको संख्या बढेको जनाएको छ। वातावरण दिवसको अवसर पारेर आरक्षले चार दिनसम्म सञ्चालन गरेको गणनामा यस वर्ष कुल २२ वटा डल्फिन फेला परेको जानकारी दिएको हो। आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा डल्फिन रेकर्ड गरिएका छन्। यो संख्या अघिल्लो वर्षभन्दा ३ वटा बढी हो। उनले भने, “यो तथ्याङ्क सप्तकोसीको लागि सकारात्मक संकेत हो, संरक्षण र प्रचारमा अझै जोड दिन आवश्यक छ।” सप्तकोसीमा पाइने डल्फिन गङ्गेटिक प्रजातिका हुन्, जो विश्वमै दुर्लभ मानिन्छन्। यी डल्फिन&

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 1,136 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन

    काठमाडौं/  पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ। अख्तियारले बिहीबार नेपालसहित १२ जनाविरुद्ध भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिनिधिसभाका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालको पद स्वतः निलम्बनमा परेको हो। नेपालको इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो। साथै, मन्त्रिपरिषद्को निर्णयका आधारमा भ्रष्टाचार मुद्दा चलेको पनि पहिलोपटक 

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 470 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विषादी मिसिएको ३२९० केजी आँप नष्ट, दुई व्यवसायीलाई ५०-५० हजार जरिवाना

    इटहरी/  इटहरी उपमहानगरपालिकाले विषादी मिसिएको ३ हजार २ सय ९० केजी आँप नष्ट गरेको छ। उपमहानगरको खाद्य अनुसन्धान टोलीले वडा नं. ६ मा रहेका फलफूल गोदामहरूमा गरेको अनुगमनका क्रममा ती आँपहरूमा स्वास्थ्यका लागि हानिकारक रसायन ‘एसिटिलिन ग्यास’ प्रयोग गरिएको पाइएपछि जफत गरी नष्ट गरिएको हो। अनुगमनका क्रममा ‘न्यू राइजिङ फुड सप्लायर्स, इटहरी’ को गोदाममा ९६ कार्टुन र ‘न्यू सुनसरी फुड सेन्टर’ को गोदाममा १०६ क्यारेट आँप फेला परेका थिए। ती सबै आँपको कुल तौल ३२९० केजी रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ। बजार अनुगमन शाखाका प्रमुख नोवेल भट्

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 758 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको गौरव बीपी अस्पतालभित्रै म्याद गुज्रिएको खाना, सरसफाइ शून्य!

    धरान/ कोशी प्रदेशको सुन्दर नगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुन स्वास्थ्य सेवाको प्रतीकका रूपमा चिनिन्छ, त्यसै भित्रका क्यान्टिनहरूमा म्याद गुज्रिएको खाद्य सामग्री र सरसफाइको पूर्ण अभाव भेटिएको छ। धरान उपमहानगरपालिकाको अनुगमन महाशाखाले बीपी प्रतिष्ठान र विजयपुर अस्पतालमा अनुगमन गर्दा यस्तो भयावह अवस्था देखिएको हो। अनुगमनका क्रममा क्यान्टिनमा विक्रीको लागि राखिएका थुप्रै सामग्री म्याद गुज्रिएको अवस्थामा भेटिए, त्यस्तै दुई–तीन दिनअगाडि पकाइएका बासी परिकारसमेत बिक्री हुँदै आएका थिए। यसबारे क्यान्टिन सञ्चालकहरूलाई तत्काल सुधारको निर्देशन दिइएको छ। "सरोकारवाला गम्

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 1,441 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप सुरु, पहिलो दिन ३ सय १९ खेलाडीको सहभागिता

    काठमाडौं/काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजना र हिमालयन चेस एकेडेमी (एचसीए) को व्यवस्थापनमा ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि सुरु भएको छ। बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा सुरु भएको प्रतियोगितामा काठमाडौं महानगरका २० विद्यालयबाट ३१९ खेलाडी सहभागी भएका छन्। गल्र्स र ब्वाइज दुवै तर्फ गरि कक्षा १ देखि १२ सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा कुल ६ विधा समावेश गरिएको छ। पहिलो दिन दुई चरणका खेल सम्पन्न भएका  कक्षा १ देखि ४ की गल्र्सतर्फ धुम्रवाराही माविकी प्रतिज्ञा ठाकुर, बाँसबारीका सिमरन कार्की र सुप्रिया मोक्तान, तथा महेन्द्र माविकी आ

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 393 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राइम भिजनमा फुड फेस्टिवल र छात्रवृत्ति

    धरान/ धरान-१२ चतरालाइनस्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्ना विद्यार्थीहरूको व्यावसायिक दक्षता आमजनसमक्ष प्रस्तुत गर्न तीन दिने ‘फुड फेस्टिवल २०२५’ आयोजना गर्ने भएको छ। आगामी जेठ २९ देखि ३१ गतेसम्म कलेज परिसरमै सञ्चालन हुने यो कार्यक्रम बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। २०७७ सालमा पहिलोपटक आयोजना भएको फुड फेस्टिवल कोभिड महामारीका कारण केही वर्ष रोकिएको थियो। अब महामारीपछिको दोस्रो संस्करणका रूपमा यस वर्षको फेस्टिवल आयोजना हुन लागेको हो। कलेजका निर्देशक अनिल श्रेष्ठका अनुसार, “यो उत्सव हाम्रा विद्यार्थीहरूको किचन

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 788 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved